
उखु पेलेर निकालिएको जुसलाई पकाएपछि खुदो बन्दछ । खुदोलाई अझै बढी पकाएर जमाएपछि सख्खर बन्दछ । सख्खरलाई पनि केही विधि अपनाएर झन् पकाएपछि चाकु बन्दछ ।
नेपाली संस्कृतिअनुसार माघको पहिलो दिन अर्थात् माघे सङ्क्रान्तिका दिन चाकु खाने प्रचलन छ । यस वर्षकाे माघे सङ्क्रान्ति नजिकिँदै गर्दा चाकु बनाउनका लागि सख्खर पकाउँदै राजधानीस्थित टोखाका युवा ।