११ पुस, २०७९ मा गठन भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले आज (१० पुस, २०८०) मा एक वर्ष पूरा गरेको छ । यस अवधिमा सुशासन, समृद्धि र विकास एवं जनजीविकाका पक्षमा सरकारले के–कति काम गर्यो र के–कस्ता पहल लियो भन्नेबारे आम जनमानसमै टीकाटिप्पणी, बहस–छलफल र समीक्षा चलिरहेको छ ।
यसै सन्दर्भमा नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक पुस्तिका सार्वजनिक गर्दै यस अवधिमा सरकारले गरेका मुख्य–मुख्य कामहरुबारे जनसाधारणलाई सूचित गर्ने प्रयास गरेको छ । समीक्षा, मूल्यांकन र बहसका निम्ति समेत सहयोगी हुने ठानी उक्त ८८ पाने विवरणलाई यहाँ प्रकाशित गरेका छौं ।