newskoseli.Com

मलेसियामा पनि देखियो जिका भाइरस्

मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ । यसअघि मलेसियाली...बाँकी

राष्ट्रसङ्घद्वारा चीन र अमेरिकालाई धन्यवाद

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ जलवायु अधिकारीद्वारा संयुक्त राज्य अमेरिका र चीनलाई पेरिसमा भएको अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको भनी धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रसङ्घका वरिष्ठ जलवायु विशेषज्ञ प्याट्रिसिया स्पीनोसाले शनिबार एक विज्ञप्ति जारी गर्दै पेरिस सम्झौताले विश्वका हरेक देश र नागर...बाँकी

पशुपतिमा महिला दर्शनार्थीको बाक्लो उपस्थिति

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा अाइतबार बिहान ३ बजेदेखि नै ब्रतालु महिलाहरूको भीड लागेको छ । पानी पर्न थालेपछि पशुपति दर्शनका लागि लाइनमा बसेका महिलालाई लाइनमा बस्न मुस्किल भएकाे एक ब्रतालुले बताइन् । ब्रतालु महिलाहरूको लाइन पश्चिममा जयबागेश्वरी, दक्षिणमा तिलगङ्गा र उत्तरमा उमाकुण्ड...बाँकी

माओवादी पार्टी छाडें, विचार छाडेको छैन : डा. बाबुराम

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफूले माओवादी पार्टी परित्याग गरे पनि विचार नछाडेको दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित ‘अविराम बाबुराम’ शीर्षकमा अनिल थापाद्वारा लिखित आफूबारेको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले भने– ‘जबसम्म मानिस रहिरहन्छ, विचारधाराको अन्त्य हुँदैन किनकि व...बाँकी

कालाबजारियाका गोदाम माओवादीले तोड्ने !

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले उपभोक्तालार्इ मार पार्दै अाएका कालाबजारियाहरूका गोदाम तोडिदिने कार्यक्रम तय गरेको खबर प्राप्त भएको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ‘गोदाम खोल’ अभियानका नाममा जनताका दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य अस...बाँकी

प्रजातान्त्रिक समाजवादमा अगाडि बढिसक्यौं : डा. महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताएका छन् । प्रजातान्त्रिक सम्बर्द्धन केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तर्क्रियामा बोल्दै डा. महतले प्रजातान्त्रिक समाजवादका कारण ग्रामी...बाँकी

तीजको अवसरमा अखिलको फुटसल

अनेरास्ववियु केन्द्रीय कमिटीले तीजको अवसरमा शनिबार राजधानीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रह्यो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको हो ...बाँकी

राजनीतिक सहमतिमा संविधान संशोधन गरिन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । उनले भने– “संविधान संशोधनजस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा गरिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।” सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई शनिबार ...बाँकी

अल्जाइमरबारे जनचेतनाको कमी

वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहुँदा बिरामी तथा परिवारले कष्ट झेल्नु परेको छ । बुढेसकालमा लाग्ने रोग भएकाले बिरामी र परिवारलाई समस्यामा पार्ने गरेको छ । याे राेग पाँच प्रतिशतमा वृझाहरूमा देखिने चिकित्सक बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रति...बाँकी

स्वास्थ्यमन्त्रीले छलफल गरे डा. गोविन्द केसीसँग

स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार डा. गोविन्द केसीसँग भेट गरी उनका माग र स्वास्थ्यक्षेत्र सुधारका विषयमा छलफल गरेका छन् । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा. केसीसँग भेट गरेका हुन्। भेटका क्रममा डा. केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भनी जिज्ञासा राख...बाँकी