२५ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विराटनगरस्थित कोशी अस्पताल (कोभिड– १९ उपचार केन्द्र) मा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरमा संक्रमण पुष्टि भएका थप ८ जनाको पछिल्ला तीन रिपोर्टमा निरन्तर कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरु निको भएका हुन् ।
भुल्केमा १६ जना जमातीसहित २८ जनामा ...बाँकी
२५ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बिहीबारका लागि बोलाइएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक बुधारै स्थगित भएको र अर्को मिति समेत अनिश्चित भएको सन्दर्भमा यसअघि नै अध्यक्षद्वयलाई पत्र लेखेर बैठक माग गर्ने २० जना नेताहरुले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बैठक गरे ।
२० वैशाखको सचिवालय बैठकले २५ वैशाखका लागि स्थायी कमिटीको बै...बाँकी
२४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बिहीबार सुरु हुने भनिएको स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अल्पमतमा परेपछि एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली रिसाएर बैठकबाटै उठेर हिँडिदिएका छन् ।
ओली फन्केर बैठक छाड...बाँकी
२४ बैशाख, २०७७ |
चैत ११ देखि जारी लकडाउनलाई सरकारले फेरि जेठ ५ सम्म लम्ब्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यसअघि २५ वैशाखसम्म कायम लकडाउनलाई जेठ ५ सम्म तन्काउने निर्णय गरेको हो ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले यसअघि नै ४५ दिन लकडाउन...बाँकी
२३ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक चर्चित नेता अनिल शर्मा ‘विरही’ मंगलबार पक्राउ परेका छन् । चितवन निवासी शर्मा सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख हुन् ।
भर्याङबाट लडेर खुट्टामा सामान्य चोट लागेपछि नेता शर्मा उपचारका निम्ति पुरानो मेडि...बाँकी
२१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
आइतबार अपराह्नसम्म बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि भएकामा साँझसम्म आइपुग्दा थप ६ समेत गरी एकै दिन १५ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा आइतबारै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालगञ्जका १६, २१ र ३४ वर्ष...बाँकी
२० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले विवादलाई झन् अन्योलमा धकेलेको थियो । नौ सदस्यीय सचिवालयका नेताहरुमध्ये अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ...बाँकी
१८ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषदको पछिल्लो बैठकका १५ निर्णय बिहीबार सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता खतिवडाले वैशाख १४ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन...बाँकी
१७ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बुधबार साँझ बसेको सत्ताधारी नेकपाको सचिवालय बैठक विनानिश्कर्ष स्थगित भएको छ । सचिवालयको बैठक २० वैशाखमा फेरि बस्ने र त्यसले स्थायी कमिटीको बैठक बाेलाउन तथा अरु विषयमा समेत निर्णय गर्ने सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पा...बाँकी
१४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
चैत ११ देखि जारी लकडाउनको अवधि फेरि १० दिन थपेर सरकारले वैशाख २५ गते मध्यरातसम्म कायम राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
देश अहिले नै कोरोनाभाइरसको महामारीबाट खतरामुक्त भइनसकेकाले रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने प्रधानमन्त...बाँकी