२ बैशाख, २०७७ |
रामेश्वर तिमल्सिना
राजधानीको सिनामंगलस्थित भत्केको पुलसँगै चौरजस्तो खालि जमिन छ । साँझ ५ बजेदेखि त्यहाँ विभिन्न वेशभूषा, भाषाभाषी र भौगोलिक क्षेत्रका झन्डै साढे २ सय नागरिक करिव १ मिटरको दुरी बनाएर लाइन बस्छन् । कामनपा– ३१ मा पर्ने यस ठाउँमा लाम लागेका मान्छेलाई कामनपा– ९ मा पकाइएको खानाको प्याकेट साँझ ६ बजेदेखि बाँडि...बाँकी
२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सोमबार र्यापिड टेस्ट गर्दा कोरोनाभाइरस संक्रमण देखिएका राजधानीको पेप्सीकोलास्थित सनसिटी हाउजिङमा बस्ने ३ जनाको पीसीआर विधिबाट दोहोर्याएर गरिएको परीक्षणबाट तीमध्ये मध्ये २ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार दिउँसो २ बजे मन्त्रालयको फेसबुक...बाँकी
१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष– २०७७ को शुभकामना दिँदै आफ्नो पारिश्रमिक कोभिड– १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए ।
आवश्यकता पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने नेपाली परम्परा रहेको पनि उनले बताए । नयाँ वर्षल...बाँकी
२९ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेर कोरोनाभाइरसको सन्त्रासबारे लकडाउन पछाडि पहिलो पटक छलफल गरेका छन् ।
कोरोनाभाइरस (कोभिड– १९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिड...बाँकी
२९ चैत्र, २०७६ |
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कोभिड– १९ (काेराेनाभाइरस) संक्रमित दुई जना केही दिनभित्रै डिस्चार्ज हुँदैछन् । कोभिड– १९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भनदै स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि उनीहरु छिट्टै डिस्चार्ज हुने जानकारी ...बाँकी
२९ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट शनिबार बिहानसम्म संसारभरमा १६,९९,६३२ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,०२,७३४ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,७६,३३० रहेको छ भने १२,२०,५६८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४९,८३० क...बाँकी
२५ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो महामारी नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेकाले स्थित...बाँकी
२४ चैत्र, २०७६ |
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोनाभाइरसले महामारीको रुप नलिने आधार तय भइसकेको दावी गरेका छन् ।
सोमबार सन्देश जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा ...बाँकी
२४ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ देख लागू हुने गरी सरकारले जारी गरेको लकडाउनको अवधि तेस्रो पटकका लागि फेरि ८ दिन थपिएको छ । अब वैशाख ३ सम्म देशभर कसैले पनि घरबाट निस्कन नपाइने भएको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन दोस्रो पटक लम...बाँकी
२४ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले निर्भीक पत्रकारिताका लागि वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले सोमबार विज्ञप्ति जारी त्यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष आचार्यले विज्ञप्तिमार्फत कोभिड– १९ को नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन...बाँकी