१४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
चैत ११ देखि जारी लकडाउनको अवधि फेरि १० दिन थपेर सरकारले वैशाख २५ गते मध्यरातसम्म कायम राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
देश अहिले नै कोरोनाभाइरसको महामारीबाट खतरामुक्त भइनसकेकाले रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने प्रधानमन्त...बाँकी
१४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमित ५२ पुगेका छन् । कोरोना संक्रमण पुष्टि भएर उपचारपछि निको भई घर फर्कनेको संख्या १६ पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवक कोरोना निको भएर घर फर्किएका छन् ।
ती युवक कोरोना संक्रमण पुष्टि भएको १२औं दिनमा निको भई डिस्चार्ज भएक...बाँकी
१४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्धा लिएर आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगेका नवगठित जनता समाजवादी पार्टी (जसपा) का ‘अपहरित’ सांसद डा. सुरेन्द्र यादवको जाहेरी दरखास्त दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।
जाहेर...बाँकी
१३ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
चैत ११ देखि जारी लकडाउनले महिना पार गरिसकेको छ । सुरुमा एक साताका लागि सरकारले आह्वान गरेको लकडाउन दुई पटक एक–एक साता लम्बियो । त्यसपछि एकैसाथ १५ दिनका लागि तन्काइयो । पाँच साता लामो लकडाउन वैशाख १५ मा सकिँदैछ । १६ गतेदेखि लकडाउन हट्छ कि फेरि बढ्छ त भन्ने जिज्ञासा सर्वत्र छाएको छ ।
शनिबार बसेको क...बाँकी
१२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विवादास्पद दुई अध्यादेश खारेज गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग छलफल गरेका छन् । अध्यादेश खारेज गरेलगत्तै प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ताधारी नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका हुन् ।
दिउँसो ३ देखि...बाँकी
११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बिहीबार थप २ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ भने यसअघि पुष्टि भएर उपचाररत ३ जना निको भएर डिस्चार्ज भएका छन् । अब कोरोना संक्रमितको संख्या ४७ पुगेको भने निको भएर घर फर्कनेको संख्या १० पुगेको छ ।
त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय कि...बाँकी
११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सिंगै विश्व कोरोनाभाइरस संक्रमणको महामारीमा पिल्सएको र नेपाल पनि त्यसैको चपेटामा एक महिनादेखि अस्तव्यस्त भैरहेका बेला एकाएक दुइटा असान्दर्भिक अध्यादेश जारी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले बजाएको ‘बेमौसमी बाजा’ सुरुमै पराजित भएको छ । समाजवादी पार्टी र राजपालाई फुटाएर ती दुवैका एक–एक कित्तालाई आफ...बाँकी
११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी अध्यादेश जारी गरेकै पर्सिपल्ट मधेसकेन्द्रित दुई राजनीतिक दलबीच पार्टी एकता घोषणा भएको छ । बुधबार राति समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हाे ।
एकीकरण समानताको आधारमा गरिने, एकीकृत पार्टीको नाम ‘...बाँकी
११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका चार विपक्षी दलहरुले हालै सरकारद्वारा जारी राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिइए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा र राप्रपाका शीर्ष नेताहरूको संयुक्त बैठकले यस्ताे चेतावनी दिएको हो ।
...बाँकी
१० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाको स्थायी कमिटीका २० जना सदस्यहरुले अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार पत्र लेखेर तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेका छन् । सरकारले हालै जारी गरेका दुइटा अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गरी पार्टीलाई मार्गनिर्देश गर्न तत...बाँकी