१७ कार्तिक, २०७५ |
काठमाडौं, १७ कात्तिक ।
गत वर्ष सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोगेपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र भैरहेका बेला सो पार्टीका सभापति शेरबहादुर देउवाले भने आगामी महाधिवेशनबाट समेत पार्टीको नेतृत्व नछाड्ने जिकिर गरेका छन् ।
संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट ने...बाँकी
१५ कार्तिक, २०७५ |
काठमाडौं, १५ कात्तिक ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि सरकारले छपाइकार्य सुरु गरेको छ । बिहीबार गृहसचिव प्रेम राईले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको जानकारी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले दिएका छन् ।
पहिलो चरणमा सचिव राईले बटन थिचेर ५० वटा प...बाँकी
१५ कार्तिक, २०७५ |
काठमाडौं, १५ कात्तिक ।
नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ ।
सो पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्दै त्यस्तो धारणा अघि सारेका छन् ।
उखानटुक्का सुनाएर जनतालाई भ्रममा पार...बाँकी
१३ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
रामनगर– ४, सर्लाहीकोमा सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तका क्रममा गोली चल्दा कांग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ ।
प्रदेश– २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले दिएको जानकारी अनुसार ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ...बाँकी
१२ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले ले ७ दिने आवासीय ‘प्रशिक्षक प्रशिक्षण’ सुरु गरेको छ ।
सो पार्टीको केन्द्रीय स्कुलिङ विभागको आयोजनामा राजधानीमा आइतबार पार्टी महासचिव मोहन वैद्य ‘किरण’ द्वारा कार्यक्रमको उदघाटन गरियो । कार्यक्रम कात्तिक ११ देखि १७ सम्म आवासीय र...बाँकी
१२ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
केही दिनदेखि बिरामी रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भैसकेको खबर आइरहँदा सोमबार बिहान अकस्मत उनी अस्पताल भर्ना भएका छन् ।
रुघा–खोकी बढ्नुका साथै ‘सुगर रिलेटेड इन्फेक्सन’ देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहान साढे चार बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिनुका...बाँकी
११ कार्तिक, २०७५ |
काठमाडौं, ११ कात्तिक ।
माधव नेपालः बैठक कहिले बस्छ ? कार्यक्रम मिलाउनुपर्ने हुन्छ...
प्रचण्डः फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ?
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापानकै क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकहरुलाई स्वागत गर्नमै व्यस्त...बाँकी
१० कार्तिक, २०७५ |
काठमाडौं, १० कात्तिक ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्न नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई चुनौती दिएका छन् ।
नेपाल तरुणदल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदान–प्रदान ए...बाँकी
९ कार्तिक, २०७५ |
काठमाडौं, ९ कात्तिक ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको इजलासबाट नामसम्बन्धी विवादको फैसला गर्दै आयोगले सो निर्णय गरेको हो ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ मा ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानुन अनुसार आयोगमा दर्ता रहे...बाँकी
७ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
मंगलबार प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआर्इजी) हरुको पदस्थापन गरेको छ । कार्यालयले असोज २८ देखि लागू हुने गरी उनीहरुको पदस्थापन गरेको हो ।
असोज २८ को मन्त्रिपरिषद बैठकको निर्णय अनुसार बढुवा भएका डीआर्इजीहरुलाई पदस्थापन गर्न गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्याल...बाँकी