२२ जेष्ठ, २०७६ |
जाजरकोट जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआईएस) जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सो सफ्टवेयर जडान गरिएको हो ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भने– ‘नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा ...बाँकी
२१ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व इद उल फितरको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस वर्ष इद उल फितर जेठ २२ मा परेको छ ।
इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा निर्धारण...बाँकी
२१ जेष्ठ, २०७६ |
अत्याधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
जेठ २० ...बाँकी
२१ जेष्ठ, २०७६ |
बेरोजगारमा युवालाई परिचालन गरी सामुदायिक वन तथा उपयोगविहीन खाली कृषियोग्य निजी जमीनको उपयोग गरी रोजगारी सिर्जना गर्न प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च नेपालले ‘हरित रोजगार कार्यक्रम’को घोषणा गरेको छ ।
मञ्चले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुनिलकुमार परियारले सरकार, स्...बाँकी
२१ जेष्ठ, २०७६ |
शुक्लाफाँटा नगरपालिका–७, चुरेफेदीका बासिन्दालाई खानेपानीको अभाव हुन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा ‘हातेपम्प’ सुकेपछि स्थानीय बासिन्दालाई खानेपानीको अभाव भएको हो ।
दुई महीना अघिदेखि नै हातेपम्प सुक्न थालेर जेठ महीनाको पहिलो सातादेखि हातेपम्पबाट पानी आउन छाडेपछि स्थानीय बासिन्दाले वातावरण सा...बाँकी
२१ जेष्ठ, २०७६ |
विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका–१, रुकुम (पश्चिम)मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्च...बाँकी
२१ जेष्ठ, २०७६ |
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । नगरपालिकाको विशेष नगरसभाको माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।
गत बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभा माग गरेका जनप्रतिनिधिहरूले नगरप्रमुख मदनस...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार राति सोलुखुम्बुस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेको खबर सोमबार दिनभरजसो सञ्चार माध्यमहरुमा छाइरह्यो । तर, अपराह्न सो पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेका छन् ।
सुरक्षा निकायमाथि आक्रमण गर्ने प...बाँकी
२० जेष्ठ, २०७६ |
‘प्रि मनसुन’ सक्रिय भएकाले गर्दा काठमाडौं उपत्यकासहित देशभर अझै केही दिन आंशिक तथा सामान्य वर्षा भैरहनुका साथै मेघगर्जन र हावाहुरीसहित ठूलै वर्षा समेतको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभा...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
‘प्रेस स्वतन्त्रता सेनानी’ हरुले मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । संसदमा दर्ता भएको उक्त विधेयक फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।
‘प्रेस स्वतन्त्रता सेनानी’ का रुपमा विभिन्न समयमा नेपाल पत्रकार महासंघद्वारा...बाँकी