newskoseli.Com

फेरि ढाँटे ओलीले : ‘एमसीसी माग्दै चिठी लेख्ने झलनाथलाई तालि बजाउने, मलाई ढुंगा हान्ने ?’

राजनीतिक मामिलाका स–सानादेखि ठूलठूला कुरासम्ममा प्रायः जालझेल र तिक्डमबाजी गर्ने मात्र होइन, जनता, देश र दुनियाँका सामु छर्लंगै प्रमाण देखिएका कुराहरूमा समेत लाजै पचाएर ढाँट्ने गरेका एमाले अध्यक्ष खड्ग ओलीले शुक्रबार फेरि त्यसैगरी ढाँटेका छन् । राष्ट्र नै हाँक्छु भनेर तम्सिने तर जनताका सामु निर्लज्ज...बाँकी

प्रचण्ड र माधव ‘हिरो’ वा ‘जिरो’ बन्ने दोसाँधमा : अन्तर्कलहमा माओवादी र समाजवादी

पछिल्लो राजनीतिक परिवेशबारे सत्ता गठबन्धनका पाँच दलमध्येको मुख्य घटक नेकपा (माओवादी केन्द्र) मा स्पष्टतः दुई धार देखापरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अरु कतिपय प्रभावशाली नेताहरुबीच मतभिन्नता प्रकट हुँदा दुई धार देखिएको हो । बहुविवादित एवं गम्भीर राष्ट्रघात गर्ने अमेरिकी नियोग मिलेन...बाँकी

१२ फागुनमै ‘पेल्ने’ मनस्थिति : एमसीसीमा बहुमत जुटाउन देउवाको यस्तो गृहकार्य

बहुमतबाट अनोमोदन गराउन भन्दै प्रतिनिधिसभामा आइतबार एमसीसी कम्प्याक्ट ‘टेबल’ गराइएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा त्यसका पक्षमा बहुमत जुटाउने गृहकार्यमा भिडेका छन् । देउवा अब गठबन्धन दलका सांसद र विपक्षी दललाई ‘फकाउने’ रणनीतिमा जुटेका छन् । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्र...बाँकी

‘निर्णायक बैठक’ : गठबन्धन टुट्छ कि एमसीसी तुहिन्छ ?

अमेरिकी सहयोग नियोगका नाममा एशिया–प्यासिफिक रणनीतिको अंगका रूपमा नेपालमा लाद्न खोजिएको बहुचर्चित एवं बहुविवादित एमसीसी सम्झौता निर्णायक मोडमा पुगेको छ । एमसीसीको लफडा अब या त केही दिनभित्रै संसदको बहुमतबाट पारित हुने नत्र खारेज या फिर्ता हुने चरणमा पुगेको अनुभूति गरिँदै छ । संसद र सरकारमा नरहेका ...बाँकी

कांग्रेस नेता कोइराला पुगे ओली निवास : के–के भए छलफल ?

मुख्य सत्तारूढ नेपाली कांग्रेसका ‘असन्तुष्ट’ नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष खड्ग ओलीसँग भेटघाट गरी राजनीतिक छलफल गरेका छन् । ओलीलाई भेट्न डा. कोइराला मंगलबार साँझ भक्तपुरको बालकोटस्थित ओलीनिवास पुगेका हुन् । ओली–कोइरालाबीच भेटघाट र राजनीतिक छलफल भएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले पुष्टि...बाँकी

वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव : मन्त्रिपरिषद्को निर्णय

‘नयाँ’ संविधान जारी भएयता स्थानीय तहको दोस्रो पटकको चुनाव वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्णय सरकारले गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तोकेको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले सञ्चार माध्यमहरूलाई दिएका छन् । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त...बाँकी

हट्यो ‘जोर–बिजोर’, स्कुल–कलेज फागुन १ देखि खुल्ने : के–के गर्न पाइने, के–के नपाइने ? (प्रशासनको आदेशसहित)

कोरोनाभाइरस महामारीको तेस्रो लहरबाट बच्न र बचाउन भन्दै आम जनताले नितान्त अनावश्यक र उटपट्याङपूर्ण ठानिएको ‘जोर–बिजोर’ को आदेश बल्ल हटेको छ । कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार राजधानी उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्ला प्रशासन कार्यालयमार्फत ७ म...बाँकी

राष्ट्रियताको पक्षमा शुक्रबार वैद्य माओवादीको देशव्यापी जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको प्रश्नलाई गम्भीरता र दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकतालाई जोड दिँदै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते शुक्रबार देशव्यापी विरोधसभा र जनप्रदर्शन आयोजना गरेको छ । सो पार्टीका महासचिव किरणद्वारा १६...बाँकी

जेठ ४ मा स्थानीय चुनाव : सरकार–आयोग सहमति, मन्त्रिपरिषदले घोषणा गर्ने, १२ अर्ब खर्च लाग्ने

प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च सरकारी अधिकारीहरू तथा निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार भएको वृहत् छलफलपछि अन्ततः २०७९ जेठ ४ मा स्थानीय तहको दोस्रो निर्वाचन हुने पक्कापक्की जस्तै भएको छ । यसअघि सत्तासिन ५ दलीय गठबन्धनका शीर्ष नेताहरूबीच ‘जेठ मसान्तसम्म’ चुनाव गराइसक्ने सहमति भएको थियो । ...बाँकी

फुट्यो मोहनविक्रमको मसालसँगै चित्रबहादुर केसीको जनमोर्चा

पाका वामपन्थी नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) केहीअघि विभाजित भएर तीन टुक्रा बनेको थियो । विभाजित दुई समूहमध्येको एउटा समूह यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरिसकेको छ भने अर्को समूहचाहिँ बेग्लै पार्टी गठन गरेर ‘आक्रामक’ रुपले अघि बढिरहेको छ । पार्टी विभाजन भएको केही समयपछि शनि...बाँकी