newskoseli.Com

प्रधिनिधिसभा–प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार को–कहाँ ? (सूचीसहित)

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगको तालमेलमै चुनावमा होमिएको छ । गठबन्धनका आधारमा य...बाँकी

माओवादी केन्द्रले छान्यो पदाधिकारी टिम (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र) को ११–१८ पुस, २०७८ मा सम्पन्न आठौं महाधिवेशनको हलबाट चुनिनुपर्ने केन्द्रीय पदाधिकारीको टिमले झन्डै ८ महिनापछि शनिबार (४ भदौ, २०७९) मा मात्र पूर्णता पाएको छ । महाधिवेशनपछि तीन चरणमा गरी केन्द्रीय पदाधिकारी टिमले पूर्णता पाएको हो । महाधिवेशनले केन्द्रीय सदस्यका रुपमा चयन गरे...बाँकी

प्रचण्ड–बाबुराम एकैठाउँ : चुनाव चिह्न माओवादीकै, घोषणापत्र पनि संयुक्त

दसवर्षे सशस्त्र जनयुद्धको बागडोर समालेर मुलुकलाई राजतन्त्रात्मक रुढीवादी संसदीय व्यवस्थाबाट रुपान्तरित गर्दै संघीय गणतन्त्रसम्म ल्याउन नेतृत्व गरेका तीन मुख्य नेतामध्येका दुई शीर्ष नेता अन्ततः फेरि पनि एकैठाउँ जुटेका छन् । तत्कालीन माओवादीका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ ...बाँकी

अत्तालिँदै ओलीले सोधे– ‘यतिसाह्रो गठबन्धन किन ?’

सत्ताधारी गठबन्धन तत्कालै टुट्छ भनेर यो गठबन्धन बनेकै दिनदेखि दिनहुँ ‘भविष्यवाणी’ गर्दै आएका एमाले अध्यक्ष खड्ग ओली अब भने अत्तालिँदै तिल्मिलाउन थालेका छन् । लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई राजधानीमा शनिबार सम्बोधन गर्दै ओलीले गठबन्धनविरुद्ध असन्तुष्टि पोखे । ‘निर्वाचन पहिल्यै गठबन्धन किन ...बाँकी

यी हुन् बाबुरामको पार्टीका ७ पदाधिकारीसहित १८९ केन्द्रीय सदस्य (नामावली)

तत्कालीन वरिष्ठ माओवादी नेता, त्यसपछि नयाँ शक्ति पार्टीका अध्यक्ष, फेरि संघीय समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष र अन्त्यमा जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष रहेका डा. बाबुराम भट्टराई अन्ततः नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बन्न पुगेका छन् । शनिबार राजधानीमा सम्पन्न...बाँकी

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव : मन्त्रिपरिषद्‌को निर्णय

सरकारले ४ मंसिर, २०७९ मा एकैसाथ र देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ४ मंसिरमा दुवै निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । सत्तागठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकमा ४ मंसिरमा एकै चर...बाँकी

के छ आ.व. २०७९/८० को मौद्रिक नीतिमा ? (पूर्णपाठ)

राष्ट्रको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति सार्वजनिक गर्नुअघि शुक्रबार नै राष्ट्रबैंक सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले...बाँकी

प्रचण्ड–बाबुराम सघन छलफल : गठबन्धन र मोर्चाबन्दी हुँदै एकतातर्फ

दसवर्षे ऐतिहासिक जनयुद्धको संयुक्त नेतृत्व गरी शान्ति प्रक्रिया पूरा गरेर नयाँ संविधान समेत जारी गरेसँगै केही वर्ष अघिदेखि अलग–अलग बाटो तताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपाल (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच क्रमशः तत्कालीन सहकार्...बाँकी

विभाजोन्मुख बैठकमा डा. बाबुराम भट्टराईको १९ पाने दस्तावेज (पूर्णपाठ)

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको डिलमा पुगेको छ । भट्टराईको नेतृत्वमा एउटा कित्ता र यादवको नेतृत्वमा अर्को कित्ता गरी स्पष्टतः दुई खेमामा विभाजित भइसकेको सो पार्टीका दुवै खेमाले अलग–अलग प्लेनम (केन्द्रीय समितिको विस्तारित बै...बाँकी

सरकारलाई आयल निगमको दसबुँदे पत्र (पूर्णपाठ)

पेट्रोलियम आयात तथा बिक्रीवितरणको अवस्था भयावह हुन सक्ने भन्दै नेपाल आयल निगमले सोमबार सरकारलाई दसबुँदे पत्र पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमले पठाएको पत्रमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने चेतावनी दिइएको छ । यस्ता छन् निगमले सरकारलाई पठा...बाँकी