newskoseli.Com

ब्याचलर र मास्टर्सका नक्कली प्रमाणपत्रसहित पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरूसहित धुलिखेल नगरपालिका– ५, श्रीखण्डपुर, काभ्रेपलाञ्चोकका ४८ वर्षीय विकास श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरू...बाँकी

दुई क्याम्पस गाभिए : अरु पनि बन्द हुने अवस्थामा

सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एकापसमा गाभिएर एउटै भएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थी सङ्ख्या समेत वर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी...बाँकी

केयुको हात्तीवन परिसरमा शनिबार सिद्धान्तकेन्द्रित राष्ट्रिय संगोष्ठी

हात्तीवन, ललितपुरमा शनिबार (१० कात्तिकमा) ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी आयोजना गरिँदैछ । यस सिद्धान्तको सान्दर्भिकताबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले काठमाडौं विश्वविद्यालय परिसरमा संगोष्ठी आयोजना गरिएको आयोजक संस्था सहृदय...बाँकी

साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक : केयूमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै

काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा आगामी जेठ १३ (२६ मे, २०२४) मा सङ्गोष्ठी आयोजना गरिने छ । अन्तर्राष्ट्रिय सङ्गोष्ठी...बाँकी

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक पोखरेल

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक प्रबलराज पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि पोखरेललाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग ब...बाँकी

स्वदेशी माटोको सुगन्ध र मातृभूमि सम्झँदै विदेशमा आर्जित ज्ञान–सीप सदुपयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका विद्वतवर्ग एवम् युवालाई आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अपिल गरेका छन् । का...बाँकी

नरैनापुरमा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान, १२ शिक्षक नियुक्त

नरैनापुर गाउँपालिकाले ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरू गरेको छ । संविधान दिवस, २०७९ को पूर्वसन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अभियानको घोषणा गरेका हुन् । सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख...बाँकी

विद्यार्थीको ढाड सेक्ने कलेज सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो

काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन...बाँकी

१२ कक्षाको रिजल्ट केही बेरमा आउँदै

राष्ट्रिय परीक्षा बोर्डले केही बेरपछि कक्षा १२ को नतिजा प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार १० बजे बोर्डको बैठक सुरू भएको छ । वैशाख–जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण...बाँकी

अदालतको अलमलमै कक्षा ११ को पाठ्यक्रम : अनिवार्य विषय २ कि ३ ?

चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । चालू शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले का...बाँकी