१३ बैशाख, २०७६ |
पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् ।
वैशाख ११ र १२ मा भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको आरोप अ...बाँकी
२९ चैत्र, २०७५ |
विराटनगर, २८ चैत ।
नयाँ शैक्षिक शत्रको सुरुआतसँगै यतिखेर अधिकांस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् । तर, विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् ।
नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटा...बाँकी
२८ चैत्र, २०७५ |
काठमाडौं, २८ चैत ।
यस वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो ।
२६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकाले ती जिल्लामा कसले उत्तरपुस्तिका बुझ्ने भन्ने विषय नै अझै टुङ्गो लागेको छैन । २६ जिल्लाका शिक्षा प्र...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ ।
महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्थ...बाँकी
२४ चैत्र, २०७५ |
काठमाडौं, २४ चैत ।
त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (र्इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ ।
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै उक्त रकम विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । उनले आफ्ना श्रीमान् प...बाँकी
२० चैत्र, २०७५ |
काठमाडौं, २० चैत ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ ।
महाधिवेशनका केही असन्तुष्ट उम्मेदवारले तत्कालीन अध्यक्ष विजय सम्बाहाम्फेविरुद्ध उजुरी दिएका हुन् । नेतृत्व तहले गरेका अवैध गतिविधि सार्वजनिक गर्दा...बाँकी
१७ चैत्र, २०७५ |
वालिङ, १७ चैत ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सरकारी तलब–भत्ता खानेका छोरा–छोरीलाई सामुदायिक विद्यालयमा नपढाएमा तलब–भत्ता रोक्ने निर्णय गरेको छ ।
गत वर्ष आंशिक रुपमा लागू भएको सो निर्णयलाई यस वर्ष अनिवार्य र कडाइका साथ लागू गरिने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताएका छन् । ‘सङ्घीय सरकारको नीति तथा गा...बाँकी
१० चैत्र, २०७५ |
नवलपरासी, १० चैत ।
कलेजको गम्भीर लापरबाहीका कारण पूर्वी नवलपरासीको गैंडाकोटस्थित ‘अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट’ मा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।
२०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नप...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
विभिन्न मेडिकल कलेजहरूले जथाभावी लिएको शुल्क तथा विद्यार्थीलाई परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ ।
जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई ...बाँकी
६ चैत्र, २०७५ |
दैलेख, ६ चैत ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले आफ्ना १० वटा आङ्गिक क्याम्पसका प्रमुखहरुलाई सुधार गर्न ९० दिनको समयसीमा (अल्टिमेटम) दिएका छन् ।
‘नब्बे दिनभित्र राम्रो योजना बनाउनुभयो भने तपाईंहरु पास, नत्र फेल,’ प्रा.डा. कोइरालाले भने– ‘प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीहरुक...बाँकी