२१ जेष्ठ, २०७६ |
शुक्लाफाँटा नगरपालिका–७, चुरेफेदीका बासिन्दालाई खानेपानीको अभाव हुन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा ‘हातेपम्प’ सुकेपछि स्थानीय बासिन्दालाई खानेपानीको अभाव भएको हो ।
दुई महीना अघिदेखि नै हातेपम्प सुक्न थालेर जेठ महीनाको पहिलो सातादेखि हातेपम्पबाट पानी आउन छाडेपछि स्थानीय बासिन्दाले वातावरण सा...बाँकी
२१ जेष्ठ, २०७६ |
विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका–१, रुकुम (पश्चिम)मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्च...बाँकी
२१ जेष्ठ, २०७६ |
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । नगरपालिकाको विशेष नगरसभाको माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।
गत बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभा माग गरेका जनप्रतिनिधिहरूले नगरप्रमुख मदनस...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार राति सोलुखुम्बुस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेको खबर सोमबार दिनभरजसो सञ्चार माध्यमहरुमा छाइरह्यो । तर, अपराह्न सो पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेका छन् ।
सुरक्षा निकायमाथि आक्रमण गर्ने प...बाँकी
२० जेष्ठ, २०७६ |
‘प्रि मनसुन’ सक्रिय भएकाले गर्दा काठमाडौं उपत्यकासहित देशभर अझै केही दिन आंशिक तथा सामान्य वर्षा भैरहनुका साथै मेघगर्जन र हावाहुरीसहित ठूलै वर्षा समेतको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभा...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
‘प्रेस स्वतन्त्रता सेनानी’ हरुले मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । संसदमा दर्ता भएको उक्त विधेयक फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।
‘प्रेस स्वतन्त्रता सेनानी’ का रुपमा विभिन्न समयमा नेपाल पत्रकार महासंघद्वारा...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा सोलुखुम्बुस्थित एक प्रहरी चौकी ‘कब्जाको प्रयास’ भएको खबर सञ्चार माध्यमहरूमा प्रकाशित/प्रशारित भएको छ ।
नेकपाका कार्यकर्ताले आइतबार (१९ जेठको) राति महाकुलुङ गाउँपालिका– ३, छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरे...बाँकी
२० जेष्ठ, २०७६ |
मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट ...बाँकी
२० जेष्ठ, २०७६ |
खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले रु छ–छ लाख दिने सहमति भएको छ ।
शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहमा डुबेर ज्यान गुमाएका त...बाँकी
२० जेष्ठ, २०७६ |
पदमबहादुर अधिकारी
चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गरे । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन...बाँकी