newskoseli.Com

पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर, ९ महिना कैद र ८० लाख जरिवाना

सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले ९ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ बिगो जरिवाना हुने फैसला गरेको छ । न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले भट्टरार्इलाई दोषी ठहर गर्दै बिहीबार सो फै...बाँकी

‘आत्मरक्षा कला’ सिकाइँदै छात्रालाई !

        वीरगञ्जस्थित गौतम माविमा छात्रालाई बिहीबार आत्मरक्षाका कला–कौशल सिकाउँदै नेपाल मार्शल आत्मरक्षा संगठनकी महिला प्रशिक्षक । ...बाँकी

हाइड्रोपोनिक’ पद्धतिबाट तरकारी खेती

      तुलसीपुर उपमहानगरपालिका– १६, रावतगाउँका अमृत धितालले आधुनिक ‘हाईड्रोपोनिक’ प्रविधिबाट तरकारी उत्पादन गर्नका लागि तयार पारेका बकेटहरु । यस प्रविधिको खेतीमा तरकारी उत्पादनका लागि चाहिने पानी, खाना इत्यादि विद्युतबाटै पुर्‍याउन सकिन्छ ।  ...बाँकी

वडाअध्यक्ष १६ दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको माग

१६ दिनदेखि बेपत्ता रहेका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ का जननिर्वाचित वडाअध्यक्षको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता रहेका विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका हुन् । ‘सन्धिखर्कमा काम छ’...बाँकी

‘कामविहीन’ भए ‘अस्वीकृत’ न्यायाधीश जोशी : अबदेखि पेशी नै नतोकिने

निवर्तमान प्रधान न्यायाधीश ओमप्रकाश मिश्रभन्दा अघि प्रधान न्यायाधीशमा प्रस्तावित भई संसदीय सुनुवाई समितिबाट ‘अस्वीकृत’ भएका र त्यसपछि पनि सर्वोच्च अदालतमै वरिष्ठतम न्यायाधीशका रुपमा रहिरहेका दीपकराज जोशीले अब उप्रान्त सर्वोच्च अदालतमा ‘काम नपाउने’ भएका छन् । बुधबार बिहान सपथग्रहण गरी २९औं प्रधान ...बाँकी

आमाको किरिया गरिरहेका यी दुइटी छोरीहरू…

छोरी किरिया बस्नु हुँदैन भन्ने सामाजिक ‘मान्यता’ लाई तोड्दै दाङमा दुई छोरीले आमाको किरिया गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका– ११, जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन् । छोराले मात्रै किरिया गर्नुपर्छ...बाँकी

‘मापसे’ वाला ४२३ को ड्राइभिङ लाइसेन्स खारेज, १७८१९८ मा प्वाल !

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको ५ पटकभन्दा बढी फेला परेपछि ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) महानगरीय ट्राफिक प्रहरी महाशाखाले खारेज गरिदिएको छ । पटक–पटक मापसे गरेर सवारी साधन चलाएपछि महाशाखाले लाइसेन्समा प्वाल पार्दै आएको थियो । २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको ...बाँकी

सङ्गीतकार जङ्गमलाई नारायणगोपाल; समुद्रमान र सुन्दरलाई अरनिको पुरस्कार

यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवागायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्वबल्लभको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवासेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । ...बाँकी

परमाणुसम्बन्धी विधेयक संसदमा प्रस्तुत ! ‘कर्मचारी समायोजन अध्यादेश’ स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गरेका छन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय रूपमा सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग प...बाँकी

चोलेन्द्रशमशेर प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदित

प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ । संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले राणालाई सर्वसम्मतिले स्वीकृत गरेको हो । राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेस गरेको हुँदा प्रधान न्यायाधीशका लागि उनलाई स्वीकृत ...बाँकी