१८ भाद्र, २०७५ |
काठमाडौं, १८ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको’ प्रदेश नं. ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् ।
प्रदेश नं. ७ तथा कर्णाली प्रदेशमा मनाइने गौरा पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँद...बाँकी
१७ भाद्र, २०७५ |
कञ्चनपुर, १७ भदौ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरनजिक शनिबार राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका– १८, खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।
कैलालीको टिकापुरबाट से २ प ९६६९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका...बाँकी
१७ भाद्र, २०७५ |
बद्री नयाँघरे
केही दिनदेखि लगातार परेको भीषण वर्षाका कारण घरनजिकै पहिरो गएपछि रामेछापको उत्तरी क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाका ६ घरपरिवार विस्थापित भएका छन् ।
भारी वर्षातका कारण घरमुनिबाट पहिरो गएपछि उमाकुण्ड गाउँपालिका– ५, प्रीतिको चिलाउनेमा २ घर र प्रीतिकै डाँडाखर्कमा १ घर तथा वडा नं. ६, गुप्तेश्वरको...बाँकी
१७ भाद्र, २०७५ |
बद्री नयाँघरे
जिल्ला समन्वय समिति रामेछापका कार्र्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार गरी गम्भीर घाइते तुल्याउने दोषीनजिक आफूहरु पुगिसकेको प्रहरीले जनाएको छ ।
प्रहरी एक हप्ता लामो अनुसन्धान र विभिन्न व्यक्तिहरुसँगको बयानका आधारमा घटनाको दोषीनजिक पुगेको हो । परिवार, पीडित, अस्पताल र बाह्य सूचना तथा लामो ...बाँकी
१६ भाद्र, २०७५ |
काठमाडौं, १६ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको उल्लेख गर्दै कोही पनि ‘लहड र रहरले’ नेता नबन्ने बताएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (नेक...बाँकी
१५ भाद्र, २०७५ |
विराटनगर, १५ भदौ ।
प्रदेश नं. १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका– १, कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका– ३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका– ८, भुर्कीका द...बाँकी
१५ भाद्र, २०७५ |
काठमाडौं, १५ भदौ ।
बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले दिएको बढी रकम सातदोबाटो, ललितपुरका डा. जगदीश वैद्यले फिर्ता गरिदिएका छन् ।
बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले ५० हजार रुपैयाँ बढी दिएपछि वैद्यले फिर्ता गरेका हुन् । आफूले इमानदारिताका साथ बैङ्कले दिएको बढी रकम त्यही...बाँकी
१५ भाद्र, २०७५ |
राजेन्द्रप्रसाद पनेरु/रासस
स्थानीय बासिन्दाको घरमा नम्बर प्लेट टाँस्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ का वडा अध्यक्ष जगता राना । नगरपालिकाले बिहीबारदेखि १२ वटै वडामा घर–घरमा तथ्याङ्क संकलनका लागि गणकहरुलाई खटाएको छ ।
...बाँकी
१५ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
अखिल नेपाल जनसांस्कृतिक महासंघले नेपाल तथा भारतका सरकारले पक्राउ गरेका बुद्धिजीवी, सामाजिक अभियन्ता र राजनीतिक नेता–कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
शुक्रबार जारी महासंघका महासचिव खेम थपलियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर राव...बाँकी
१४ भाद्र, २०७५ |
काठमाडौं, १४ भदौ ।
महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि तत्कालै विशेष योजना बनाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।
बिहीबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृह मन्त्रालयमा बोलाएर पछिल्लो समय बढिरहेका महिला हिंसा र बलात्कारबारेका समाचारप्रति आफ्नो ...बाँकी