newskoseli.Com

विवेकशील साझाका नेता–कार्यकर्ता निषेधित क्षेत्र तोड्दा पक्राउ

  सरकारले घोषणा गरेको निषेधित क्षेत्रलाई ‘गैरलोकतान्त्रिक’ भन्दै बलजफ्ती गर्न प्रयास गरेका उज्वल थापा–रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा नामक दलका नेता–कार्यकर्ता पक्राउ परेका छन् । चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै शन...बाँकी

नेपाल प्रहरीसँग दोहोरो गोली हानाहान, भारतीय अपराधीको मृत्यु…

रौतहटमा नेपाल प्रहरीको गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । राजदेवी नगरपालिका– ४, गडहिया, डुमरिया नजिक बागमती नदीको बाँधमा बिहीबार राति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो । दोहोरो भिडन्तमा प्रहरीको गोल...बाँकी

जिप दुर्घटनामा ६ को मृत्यु, १ घाइते : सबै मृतकको सनाखत…

शुक्रबार बिहान सोलुखुम्बुको नेचा सल्यानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले भने ७ जनाको मृत्यु भएको भनी गलत समाचार सम्प्रेषण गरेको छ । नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जिप शुक्रबार बि...बाँकी

पहिरोले घर बगाउँदा ५ को मृत्यु, ५ घाइते

  धादिङको खनियाबाँस गाउँपालिका– ५, साइस्वाँरामा बुधबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जना र अर्को परिवारका २ जना गरी ५ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर करिव ३२ वर्षीया वसुदा गुरुङ र उनका २ छोरी– १० वर्षिया लक्ष्मी र ५ वर्षिया सरस्वतीको मृत्यु भएको हो । त्यसैगरी, ६५ वर्षिय शम्...बाँकी

‘हेडसर’ को कुटाइबाट विद्यार्थी सख्त घाइते !

  सुनसरी कोशी गाउँपालिका– ७, हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथी–साथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका– ४ स्थित प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै...बाँकी

मन्त्री लालबाबुको बाचा : सबै स्थानीय निकायमा असारभित्रै कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्ने बताए । मन्त्र...बाँकी

एसईईको परीक्षाफलमा प्राविधिक त्रुटि, भोलिपल्ट बढ्यो धमाधम नम्बर…

  राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेबसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्ब...बाँकी

विमानस्थलबाटै फर्काइए कुवेत जान लागेका ५ महिला

  वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । ‘विदेश पुगिसकेपछि उद्धार ग...बाँकी

नक्सा पास नभएका घरको नक्सा काठमाडौं महानगरले पास गरिदिने

  नियम अनुरुप निर्माण भएका तर यसअघि नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका तर नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्सा अनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याइएको जानकारी कामपाले दिएको छ । ...बाँकी

आजै (शनिबार) ३ बजेपछि एसईईको रिजल्ट…

  ०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ । सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद ...बाँकी