२८ माघ, २०७४ |
काठमाडौं, २८ माघ ।
बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारेर २० लाख रूपैयाँ लिएपछि सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरुल...बाँकी
२८ माघ, २०७४ |
नुवाकोट, २८ माघ ।
रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया– ५, खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।
बा २ ख ७४१६ नम्बरको ट्याङ्कर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा विदुर नगरपालिका– ३ का २५ वर्षीय चालक श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको...बाँकी
२८ माघ, २०७४ |
महेन्द्रनगर (धनुषा), २८ माघ ।
प्रदेश नं. २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत ७ वटा मन्त्रालयका कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १ सय ७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि...बाँकी
२७ माघ, २०७४ |
धनगढी, २७ माघ ।
७ नम्बर प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार दिउँसो २ देखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिका बमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको जानकारी प्रदेश सचिवालयका सचिव मुरारी ...बाँकी
२७ माघ, २०७४ |
रसुवा, २७ माघ ।
शनिबार दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका– ५ स्थित धनबहादुर मोक्तानको घरमा आगलागी हुँदा जलेर तीन बालिकाको मृत्यु भएको छ ।
घरमा दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानकी सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया छोरी मंगली मोक्तानको मृत्यु भएको जिल्...बाँकी
२७ माघ, २०७४ |
हेटौंडा, २७ माघ ।
३ नं. प्रदेश प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) का सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबारको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
मनोनयनका लागि निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेको ३ नं. प्रदेशसभा सचिवालयका सचिव ड...बाँकी
२६ माघ, २०७४ |
काठमाडौं, २६ माघ ।
केही वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राष्ट्रकवि’ घोषणा गरेका सुप्रशिद्ध एवं वयोवृद्ध कवि माधवप्रसाद घिमिरेलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले नेपाली सेनाको ‘सहायकरथी’ बनाइदिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहा...बाँकी
२६ माघ, २०७४ |
भक्तपुर (नगरकोट), २६ माघ ।
शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार साँगाचोक, सिन्धुपाल्चोक घर भई हाल चाँगुनारायण– ६, खरिपाटीस्थित ब्यासी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृत अवस्थामा टहरा नजिकै फेला परेकी हुन् ।
उनको मृत्युको कारण खुलेको छैन र थप अनुसन्धान ज...बाँकी
२६ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
३ नं. प्रदेश संसदीय दलको नेताका लागि भएको आन्तरिक चुनावमा नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवं चर्चित नेतृ अष्टलक्ष्मी शाक्य पराजित भएकी छन् ।
प्रदेशसभा सदस्यहरूबीच शुक्रबार भएको चुनावमा डोरमणि पौडेल प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एमालेको एकल बहुमत रहेको ३ नं. प्रदेशमा मुख्यमन...बाँकी
२३ माघ, २०७४ |
काठमाडौं, २३ माघ ।
राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार तोडफोड भएको छ ।
दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ– २, रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको छ ।
३०–४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको महानगरीय प्रहरी प्रभाग ...बाँकी