newskoseli.Com

५० किलो चरेशसहित २ जना पक्राउ

माडी गाउँपालिका– २, घर्तीगाउँबाट अाइतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्युरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागूऔषध...बाँकी

मासिक ५० हजारको बेवास्ता गर्दै विदेश उड्ने लहडबाजी

कामदार (मजदुर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ । यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, ट्रिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठ ड्राइभर नभएका कारण ट्रिपर बिक्री गरेको बताउँछन् । उनीसँग झन्डै ४५ व...बाँकी

चैत १५ सम्ममा मेलम्चीको पानी राजधानीमा…

मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइसकिएको जानकारी दिइयो । ६ सय ७० किम...बाँकी

३ वटा ट्रक जुध्दा १ को मृत्यु, ४ घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका– ४, अमहास्थित सडकमा शुक्रबार दिउँसो ३ वटा मालबाहक ट्रक एक–आपसमा ठोक्किँदा एक जना (चालक) को मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ८७३० तथा ना ७ ख १८३५ नम्बरको...बाँकी

रोल्पामा तालिम लिँदै सैनिक परिवार…

        दैनिक जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ रोल्पामा नेपाली सेनाले सञ्चालन गरेको कृषिजन्य तालिममा सहभागी हुँदै सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिला । ...बाँकी

यसरी सुकाइन्छ सुपारी !

        झापाको बाहुनडाँगीस्थित प्रशोधन केन्द्रमा सुकाइएको सुपारी । सुपारी खेतीका लागि उर्वरभूमि मानिएको झापामा पुसदेखि सुपारी प्रशोधन केन्द्रहरु खुल्ने गरेका छन् । ...बाँकी

साढे ४ महिनादेखि कहाँ हराइन् थमकुमारी थापा ?

रामपुर नगरपालिका– ८, कुमराङकी थमकुमारी थापा साढे चार महिनादेखि बेपत्ता भएकी छन् । भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीया थापा आफन्त, साथीभाइ सबैतिर खोजी गरे पनि अझै फेला पर्न नसकेको वडा अध्यक्ष बोमबहादुर नामजालीले बताए । आफन्त साथीभाइमध्ये धेरैले घरनजिकै कालीगण्डकी रहेकाले...बाँकी

‘बरु जागिर छाड्छौं, छाउ भएका बेला पढाउन जाँदैनौं’

अछामको साँफेबगर नगरपालिका– ३, डिक्रेनीको मष्टामाडाैंं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको...बाँकी

नगरप्रमुखको घरमा बम विस्फोट

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं. ४, अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले मंगलबार राति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झन्डै १ सय ५० मिटर दुरीब...बाँकी