१० माघ, २०७४ |
भक्तपुर, १० माघ ।
सूर्यविनायक नगरपालिका– ७, सिपाडोल, भक्तपुरमा मंगलबार राति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।
ज्याम्दी गाउँपालिका– ९, काभ्रे घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्त...बाँकी
९ माघ, २०७४ |
भक्तपुर, ९ माघ ।
एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् ।
सूर्यविनायक नगरपालिकाका– ७, गुण्डुका पूर्णबहादुर बस्नेतले मंगलबार ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे ।
प्रतिनिधिसभाका...बाँकी
९ माघ, २०७४ |
पाल्पा, ९ माघ ।
काम र सीप हुँदाहुँदै पनि महिलालाई अझैसम्म पनि पुरुषको तुलनामा ज्यालादारीमा समेत विभेद् कायमै छ ।
दिनभर पुरुषसरह घर–भवन, सडक बनाउनेजस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा मात्रै ज्याला दिने गरेको पाइएको छ ।
सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा इँटाको गारो लगाउनेलगायतका सबै काम महिलाले प...बाँकी
९ माघ, २०७४ |
चितवन, ९ माघ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ चितवनमा पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सीआ...बाँकी
८ माघ, २०७४ |
नेपालगन्ज, ८ माघ ।
बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ ।
नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका १ हजार सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक १ हजार २ सय लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्...बाँकी
८ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न बसेको माओवादी केन्द्रका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने अधिकार तीन शीर्ष नेतालाई प्रदान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो बसेको बैठकले नामावलीलाई अन्तिम रुप दिने अधिकार अध्यक्ष प्रचण्ड, नेता नारायण...बाँकी
८ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
हालै मात्र नेपाल सरकारद्वारा ३ नं. प्रदेशकी प्रदेश प्रमुख नियक्त भएकी माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको नागरिकताबारे अझै पनि सामाजिक सञ्जालमा बहस–विवाद जारी छ ।
कोइरालालाई प्रदेश प्रमुख नियुक्त गर्ने चर्चा चलेसँगै उनी भारतमा जन्मेकी भन्दै उनीसँग नेपाली नागरिकता भएकोमा केहीले शंका व्यक्त गर...बाँकी
८ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
महानगरीय प्रहरी कार्यालय, परिचालन कक्ष रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक असर्इ रेशमबहादुर खड्का ३ लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्युजकोसेलीलार्इ प्रेषित गरेको विज्ञप्तिअनुसार असर्इ खड्काले काठमाडौं महानगरपालिका– ३२, पेप्सिकोलास्थित स्किम बचत...बाँकी
८ माघ, २०७४ |
गोरखा, ८ माघ ।
गोरखाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख) बाट विजयी भएका सांसद तथा नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्रै सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।
साेमबार गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भने– “सांसदलाई राज...बाँकी
८ माघ, २०७४ |
अच्युत रेग्मी
पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ ।
मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेसन अफ नेपालले दिएको जानकारी अनुसार झन्डै वार्षिक २ करोड रूपैयाँ मूल्यको दाउरा पशुपतिस्थित आर्यघाटमा खपत हुँदै आएको छ ।
टिम्बरले चु...बाँकी