newskoseli.Com

१९ वर्षीया कोरोना संक्रमित अंशु सापकोटा पनि डिस्चार्ज, निको हुने १० पुगे

बागलुङ नगरपालिका– ४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा पनि कोरोनाभाइरस जितेर शुक्रबार राति डिस्चार्ज भएकी छन् । बेल्जियमबाट चैत ४ मा नेपाल आएकी सापकोटाको चैत १२ मा स्वाब संकलन गरी काठमाडौं ल्याएर परीक्षण गर्दा चैत १५ मा कोरोनाभाइरस पोजिटिभ पुष्टि भएको थियो । अस्पतालमा एक महिना लामो आइसोलेसन बसाइप...बाँकी

अन्ततः पछि हटे ओली : दुवै अध्यादेश खारेज !

सोमबार अकस्मात जारी गरिएका दुई विवादास्पद अध्यादेशको सत्ताधारी पार्टी नेकपाभित्र र बाहिर चौतर्फी विरोध भएपछि अन्ततः सरकारले शुक्रबार ती अध्यादेश खारेज गर्ने निर्णय लिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल र संवैधानिक परिषदस‍म्बन्धी दुवै अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।...बाँकी

फेरि बोलाइयो मन्त्रिपरिषद बैठक : एउटा अध्यादेश खारेज हुँदै, अर्काे कायमै रहने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । पार्टीभित्र सल्लाह नै नगरी सोमबारको मन्त्रिपरिषदबाट सिफरिस गरेर राष्ट्रपतिद्वारा तत्काल जारी गरिएका दुई अध्यादेशको पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि शुक्रबार अर्को बैठक बोलाइएको हो । मंगलबार र बुधबार प्रधा...बाँकी

४५ पुगे कोरोना संक्रमित, ७ पुगे निको हुने : ३ संक्रमित थपिए, २ जना निकाे भए

बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबारै थप दुई जना संक्रमित निको भएर फर्किएका छन् । अब कोरोना संक्रमण निको हुनेको संख्या सात पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जना...बाँकी

ज्ञानेन्द्र शाही सुनाकोठीबाट पक्राउ : लकडाउन उल्लंघनको आरोप

ललितपुरको सुनाकोठीबाट मंगलबार ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज्ञानेन्द्रले कसरी लकडाउन उल्लंघन गरे वा उनका कुन क्रियाकलापका कारण लकडाउन उल्लंघन भयो भन्नेबारे सरकार र प्रहरीले केही खुलाएका छैनन् । तर, लकडाउन उल्लंघन...बाँकी

यी हुन् कोरोना निको भई घर फर्कने ५ जना

धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भर्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी घर गएसँगै निकाे हुने काेराेना संक्रमितकाे संख्या ५ पुगेकाे छ । चैत ११ मा सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा चैत १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । तीन वटा रिपोर्ट प...बाँकी

कोरोना संक्रमित ३१ बाट एकै दिन ४२ पुगे : उदयपुरकाे भुल्केमै २४ जना

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का ११ जना संक्रमित एकै दिन थपिएका छन् । कोरोना संक्रमितको संख्या सोमबारसम्म ३१ जना रहेकामा यो संख्या मंगलबार एकै दिन ४२ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ जना भने निको भएर घर फर्किसकेका छन् भने ३७ जना उपचाररत छन् । उदयपुरका ९ पुरुष र २ महिला गरी थप ११ जनामा मंगलबार...बाँकी

बारा–पर्सामा भीषण हावाहुरी : विद्युत अवरुद्ध, अस्पतालकाे आइसोलेसन वार्ड भत्कियाे, घरटहरा उडे

बारा–पर्सा–रौतहटमा सोमबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण ठूलै क्षति भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । ७ बजेपछि चलेकाे हावाहुरीले स्थानीयवासीका थुप्रै घरटहराहरु भत्काएको पर्सा प्रहरीका प्रवक्ता वीरेन्द्रबहादुर शाहीले बताएका छन् । हावाहुरीबाट पुगेको क्षतिबारे विवरण संकलन भैरहे...बाँकी

फेरि थपिए १ संक्रमित : नेपालमा काेरोनाभाइरस ३१ मा, निको भए ३ जना

शनिबार थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै अब नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार राति मन्त्रालयको फेसबुक पेजमा पोस्ट गर्दै मन्त्रालयले ६५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको हो । कूल संक्रमितमध्ये तीन जना कोरोनामुक...बाँकी

सडकमा पैसा फाल्ने नन्द–भाउजू पक्राउ : परीक्षणमा देखियाे कोरोना पोजेटिभ

धनुषाको सडकमा शुक्रबार दिउँसो फटाफट दस रुपैयाँका नोट फालेर भागेका दुई महिलालाई शनिबार प्रहरीले पक्रेको छ । पक्राउपछि उनीहरुमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणबाट नन्द–भाउजू नाताका ती दुवै महिलामा कोरोना पोजेटिभ देखिएको छ । जनकपुर अस्पतालका निमित्त मेसु डा. जामुनप्रसाद सिंहका अन...बाँकी