newskoseli.Com

हेवाखोला विद्युत् पनि जोडियो केन्द्रीय प्रसारणमा

पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।

कावेली करिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद्युत् यसअघि नै केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको थियो ।

यो आयोजनाबाट अब जम्मा १४.९ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । वि.सं. २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ मङ्सिरमा सम्पन्न भई उत्पादन परीक्षण गरिएको थियो ।

पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा २ अर्ब ६० करोड रूपैयाँ खर्च लागेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिएका छन् । उनले भने– “सुरुअातमा आयोजना सकिँदा २ अर्ब २५ करोड रकम लाग्ने अनुमान गरिए पनि पछि नाकाबन्दी, भूकम्प, बन्द–हड्तालका कारण लागत बढ्न पुगेको हो ।”

पब्लिक सेयर समेत प्रक्रियामा रहेको हुँदा चाँडै निष्कासन हुने जानकारी उनले गराए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर