newskoseli.Com

४ वर्षमा ५ अर्ब नाफा : कुलमानको नेतृत्वमा प्राधिकरणको प्रगति

नेपाल विद्युत् प्राधिकरणले पछिल्ला ४ वर्षमा करिव ५ अर्ब रुपैयाँ सञ्चित नाफा कमाएको छ । आर्थिक वर्ष २०७३/०७४ यता निरन्तर सफल हुँदै गएको प्राधिकरणले आ.व. २०७६/०७७ सम्म ४ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको हो ।

प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार आ.व. २०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा थियो । सरकारले आ.व. २०६७/०६८ सम्मको सञ्चित घाटा करिव २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि पनि प्राधिकरण निरन्तर घाटामा थियो ।

कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि नै प्राधिकरण घाटाबाट नाफाको अवस्थामा आएको हो । घिसिङ २०७२ देखि प्राधिकरणको कार्यकारी निर्देशक बनेका हुन् । उनको कार्यकाल अब करिव १ महिना मात्र बाँकी छ । प्राधिकरण गत आ.व. मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । आ.व. २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आ.व. मा निरन्तर नाफामा छ ।

प्राधिकरणले आ.व. २०७३/०७४ मा १ अर्ब ४७ करोड, आ.व. २०७४/०७५ मा २ अर्ब ८५ करोड र आ.व. २०७५/०७६ मा ९ अर्ब ८१ करोड नाफा कमाएको थियो । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ । घिसिङकै कार्यकालमा प्राधिकरणको वित्तीय विवरण सकारात्मक बन्दै गइरहेको छ ।

अर्कोतिर दशकौंदेखिको लोडसेडिङ अन्त्य भएको छ । २०७५ देखि नै मुलुक अन्धकारबाट मुक्त भएको छ । हालसम्म आइपुग्दा ग्रिड र अफ ग्रिड गरी ९० प्रतिशत जनतामा ऊर्जाको पहुँच पुगेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर