newskoseli.Com

‘हल्लाका भरमा’ पेट्रोल पम्पमा लाइन

हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ । पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन् । हल्लाअनुसार नेपाल आयल निगम र व्यवसायीले पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो ।

उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो । उपभोक्ताको भीड मंगलबार साँझसम्म पनि यथावतै देखियो । यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन् । कोरोनाभाइरसको संक्रमण फैलन नदिन भारतले गत आइतबारदेखि प्रमुख चारबाहेक अन्य नाका बन्द गरेको छ । ‘भारतले नाकाबन्दी लगाएको’ भनेर गलत हल्ला चलाइएका भरमा उपत्यकावासी सकेसम्म बढी परिमाणमा पेट्रोलको जोहो गर्न पम्पमा ओइरिए ।

यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पहरुलाई पेट्रोल उपलब्ध गराउनुपर्थ्यो । तर, निगमले शनिबार डिपो बन्द राख्यो । थानकोट डिपोले शुक्रबार ९ लाख ३३ हजार लिटर पेट्रोल र १२ लाख ७ हजार लिटर डिजेल वितरण गरेको थियो । उसले आइतबार दिउँसो २ बजेदेखि ८ लाख २८ हजार लिटर पेट्रोल र ९ लाख ८३ हजार लिटर डिजेल उपत्यकाको बजारमा पठाएको थियो ।

निगमले आफ्नो योजनाअनुरूप आइतबार बिहान ७ बजेदेखि इन्धन उपलब्ध पनि गराएन । मागको तुलनामा निगमले अपर्याप्त परिमाणमा इन्धन बजारमा पठाउनु र शनिबार नदिनुले बजारलाई झनै अनियन्त्रित बनाएको अध्यक्ष प्रधान बताउँछन् ।

उनका अनुसार पेट्रोलका लागि लामो लाइन लाग्नुमा व्यवसायीको पनि भूमिका छ । मूल्य घट्ने अनुमानमा व्यवसायीले कम परिमाणमा इन्धन उठाएको र त्यही पनि बिक्री नगरेकाले बजारमा कृत्रिम अभाव गराउन भूमिका खेलेको प्रधानले स्वीकार गरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर