newskoseli.Com

स्वाट्टै घट्यो बिजुलीको महशुल : कसलाई कति ? (मूल्यसूचीसहित)

निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो, उद्योग व्यवसायको लागत घटाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित विद्युत् महशुल समायोजन गरिएको छ ।

विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउने तथा ट्रङ्क तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क खारेज, चार्जिङ स्टेसनका लागि नयाँ महशुललगायतका व्यवस्थासहित विद्युत् नियमन आयोगले नयाँ दर सार्वजनिक गरेको हो । असार १ देखि नै कार्यान्वयनमा आउने गरी तय गरिएको नयाँ महशुल दरअनुसार एकदेखि दस युनिटसम्मको पाँच एम्पियरका गार्हस्थ ग्राहकले इनर्जी शुल्क तिर्नु नपर्ने भएको छ ।

१० युनिटभन्दा माथि खपत गर्ने गार्हस्थ ग्राहकको विद्युतको प्रतियुनिट शुल्कमा न्यूनतम ५ देखि अधिकतम ११ प्रतिशतसम्म घटाइएको छ भने न्यूनतम शुल्कमा पनि ११ देखि ३३ प्रतिशतसम्म कम गरिएको छ । हालसम्म गार्हस्थ ग्राहकलाई सात वर्गमा राखेर महशुल निर्धारण हुँदै आएकामा अबदेखि नौ वर्ग कायम गरिएको छ ।

यस्तो छ बिजुलीको नयाँ मूल्यसूची–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर