newskoseli.Com

३ दिनदेखि बिजुली छैन, कहाँ बिग्रियो– त्यो पनि थाहा छैन !

लोडसेडिङ मुक्त भएको नेपालको एक जिल्लामा तीन दिनदेखि गएको बिजुली अझै आएको छैन । खोटाङको दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो ।

अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिए पनि ठाउँ अझै पत्ता नलागेको प्राधिकरणले जनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवन समेत प्रभावित भएको छ । विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार–व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चार माध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ ।

जिल्लामा पटक–पटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर