newskoseli.Com

बालकृष्ण ढुंगेल : गणतान्त्रिक योद्धा कि ‘हत्यारा’ र ‘अपराधी’ ? (भिडियो)

आज संघीय गणतन्त्रका नाममा नेपालमा धेरैले लाभ लिइरहेका छन्, जागिर खाइरहेका छन् र स्वदेश–विदेशमा थरीथरीका ‘धन्दा’ चलाइरहेका छन् ।

नेकपा (माओवादी) केन्द्रका नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेल नेपालका स्थापित गणतान्त्रिक योद्धा हुन् । गणतान्त्रिक अभियानका एक अगुवा बालकृष्ण ढुंगेल यतिबेला ‘हत्यारा’ करार गरिएका छन् र जेलमा ‘कैदी’ जीवन बिताउन विवश तुल्याइएका छन् ।

कम्युनिस्ट नेता बालकृष्णलाई नेपालको अदालतले ‘हत्यारा’ करार गर्दै ‘सर्वश्वसहित जन्मकैद’ को ‘फैसला’ सुनाएको थियो । विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान २०६३, नेपालको संविधान २०७२ र विभिन्न राजनीतिक सहमति–सम्झौतालाई च्यातचुत पार्दै अदालतले गरेको उक्त ‘फैसला’ चरम विवादित छ ।

यसै सिलसिलामा गणतन्त्र स्थापनाका एक सिपाही एवं माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार ललितपुरबाट प्रहरीले पक्राउ गरेर डिल्लीबजारस्थित खोरमा ‘कैदी’ बनाएको छ । सोही सन्दर्भमा ‘वरिष्ठ अधिवक्ता’ दिनेश त्रिपाठी र युवा माओवादी नेता एवं योङ कम्युनिस्ट लिग नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ बीच माउन्टेन टेलिभिजनले अन्तर्क्रियात्मक अन्तर्वार्ता प्रशारित गर्‍यो ।

भिडियोमा हेर्नोस् माउन्टेन टेलिभिजनको सो भिडियो अन्तर्वार्ता माउन्टेन टिभीकै युट्युब च्यानलबाट ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर