newskoseli.Com

रसिया पुग्यो क्वार्टरफाइनलमा, पेनाल्टीमा पराजित भयो स्पेन

 

विश्वकप– २०१८ को आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ गोलले पराजित गर्दै रसिया विश्वकपको क्वार्टरफाइनलमा पहिलो पटक पुगेको हो ।

पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशेभले गोल गरे । स्पेनका लागि आन्ड्रे इनिएस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्रै गोल गरे भने कोक र इयगो अस्पासले प्रहार गरेको बल गोलकिपरले रोकिदिए ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुबै टिमले निर्धारित ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । दुबै टिमले थप गरिएको ३० मिनेटमा पनि गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को आक्रामक खेल खेले पनि गोल गर्न भने चुक्यो ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका भने दोस्रो हाफमा दुबै टिमले गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । मस्कोस्थित लुजनिकी रंगशालामा खेलको १२औं मिनेटमा रसियाले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनले प्रहार गरेको बल रसियाका इग्नाशेभिकले रोक्ने क्रममा गोल हुन पुगेको थियो ।

खेलको ४२औं मिनेटमा स्पेनका जेरार्ड पिकेले हातले बल छोएपछि रसियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रसियाका आर्टिम ज्युबाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्‍याएका हुन् । स्पेनले सुरुआती समयदेखि नै रसियामाथि दबाब बनाइरहेको थियो ।

पहिलो हाफको अन्तिम समयमा स्पेनले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । आयोजक रसिया विश्वकपको क्वार्टरफाइनलमा पुग्दा स्पेन भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर