सरकारले आफ्ना नेता–कार्यकर्ताहरु विरुद्ध धरपककड जारी राखेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कडा’ चेतावनी दिएको छ ।
सो पार्टीका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । आफ्नो पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलगायतका नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गर्दै मुद्धा लगाउँदै जानुले सरकारले देशलाई फासीवादी दिशामा अघि बढाएको आरोप इन्चार्ज कञ्चनले लगाएका छन् ।
संगठनको कामको सिलसिलामा असार १९ मा पार्टीका पोलिटब्युरो सदस्य पुनलाई गिरफ्तार गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि नै सो पार्टीका दुई पोलिटब्युरो सदस्य पक्राउ परेको उनको भनाइ छ ।
यस्तो छ नेकपाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ–