newskoseli.Com

‘भाइरल’ विष्ट दम्पती ‘मेरी बास्सैमा’ (भिडियोसहित)

‘भाइरल जोडी’ का रुपमा पछिल्लो समय सामाजिक सञ्जालहरूमा चर्चित बखत विष्ट र प्रतिभा चौधरीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गर्न थालेका छन् ।

‘भाइरल’ विष्ट दम्पतीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को ५७६औं भागदेखि अभिनय थालेका हुन् । एक अन्तर्वार्तामा ‘मेरी बास्सै’ का बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) लाई भेट्ने इच्छा राखेका बखत विष्टले कलाकार श्रेष्ठलाई भेटेपछि ‘मेरी बास्सै’ मा खेल्ने इच्छा व्यक्त गरेका थिए ।

कलाकार श्रेष्ठले पनि उनलार्इ ‘मेरी बास्सै’ मा खेलाउने प्रतिबद्धता अन्तर्वार्तामै जनाएका थिए । कलाकार श्रेष्ठले मंगलबार (कात्तिक २७) मा प्रशारण हुने ‘मेरी बास्सै’ देखि नै सो कार्यक्रममा विष्ट दम्पतीलाई देख्न पाइने बताएका थिए ।

कालो सुटकेसभित्र बखतलाई राखेर सडकमा गुडाएर फुपूको घर खोज्दै प्रतिभा गाउँ आइपुगेको दृष्यबाट ‘मेरी बास्सै’ मा विष्ट दम्पतीको अभिनय सुरु भएको छ । बखतकी फुपूको घर खोज्दै गाउँ डुल्दा प्रतीक्षालयबाट बखतलाई एक मानिसले उठाएर लैजान्छ ।

केही पर पुर्‍याएपछि खोलेर हेर्दा बखत निस्कन्छन् । त्यसपछि बखतले फोन गरी प्रतिभालाई भेट्छन् ।

विष्ट दम्पतीको अभिनय हेर्नुहोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर