क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि यहाँ सुरु भएको छ ।
सोमबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, फुटबल र क्रिकेट प्रतियोगितामा १५ जिल्लाका एक हजार ११० खेलाडीले ९४ स्वर्ण, ९४ रजत र १ सय १४ काश्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पाले उद्घाटन गर्दै खेलकुदलाई राष्ट्रको समृद्धि र विकाससँग जोड्नुपर्ने बताए । रासस