newskoseli.Com

जसले मेसिनबाट गाई दुहुन्छन्, दूध बेचेरै महिनामा २२ लाख कमाउँछन् !

गोरखको पालुङटार नगरपालिका, च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

दुई दशकदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत विभिन्न जातका ३ सय ६० वटा गाई छन्, जसमध्ये १ सय ३० वटा त दुहुना नै छन् । एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छ । ३० लिटर दूध दिने गाईलाई दिनमा ३ पटक दुहुने गरिएको छ ।

फार्ममा दैनिक १ हजार ४ सयदेखि १ हजार ४ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । फार्ममा नै चिस्यान केन्द्र राखेका उनले प्रतिलिटर ५३ रुपैयाँमा भक्तपुरको खरिपाटी डेरीमा दूध बिक्री गर्छन् । आम्दानीबाट खर्च कटाएर न्यूनतम ३ लाख रुपैयाँ नाफा हुने पन्तले बताए ।

फार्मका लागि ३ सय ४० रोपनीमा १८ किसिमका घाँसखेती लगाइएको छ । १७ रोपनीमा १३ गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर र चिस्यानकेन्द्र छन् । पशुपालनलार्इ आधुनिकीकरण गर्दै उनले मेसिनबाट दूध दुहुने गरेका छन् । ‘दूध दुहुने मेसिन ४ वटा, छन्, ६ जनाले २ घन्टामा दुहेर सक्छन्’– उनले भनेको खबर अनुपमा खनालको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर