newskoseli.Com

जनयुद्धको ‘रोल्पा रोग’ सोमवारदेखि दाङ भित्रियो

एओन मुभी मेकर्स प्रालि दाङको प्रस्तुतिमा तयार पारिएको जनयुद्धमा आधारित नेपाल कथानक चलचित्र ‘रोल्पा रोग’ सोमवारदेखि दाङमा प्रदर्शन भएको छ ।

घोराहीको स्वर्गद्धारी चलचित्र हलमा भोलि सोमवारदेखि प्रदर्शन भएको हो । जनयुद्धले समाज र व्यक्तिमा पारेको असरलाई समेटिएको चलचित्रको दाङ र रोल्पामा छायांकन गरिएको छ ।

जनयुद्धको उद्गम स्थल रोल्पाको धेरै स्थानमा यसको छायांकन गरिएको निर्माण पक्षले बताएको छ । जनयुद्धको कथालाई व्यंग्यात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

करिब एक महिना अगाडी प्रदर्शनमा आएको रोल्पा रोग दाङमा पहिलो पटक प्रदर्शन हुन लागेको हो । निर्मला वली र थलबहादुर वली निर्माता रहेको तलचित्रको रोल्पाको मिझिङ र खुमेलमा तथा दाङको पुरन्धारा गाविसको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

दिपक वलीको लेखन, पटकथा र निर्देशन रहेको यस चलचित्रमा शिीर भण्डारी, जनक घर्ति, कुलदिप अधिकारी, सुशील पोख्रेल, विनु खड्का, कृष्ण थापा, रामवावु आक्रोस लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नवराज उप्रेति र निश्चल पौडेलले छायांकन गरेको चलचित्र रोल्पा रोगमा गोविन्द मधुर आचार्य र शिशीर भण्डारीको संगीत रहेको छ । युवा टिमले निर्माण गरेको यस चलचित्रलाई हेरेर प्रतिक्रिया दिन निर्माण युनिटले अनुरोध गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर