जिल्ला वन कार्यालयको आयोजनामा सदरमुकाम सिमिकोटको शिव मन्दिर नजिकको नाङ्गो पाखामा १ सय ५० वटा विभिन्न जातका बिरुवा रोपी आज बिहान ४४औँ विश्व वातावरण दिवस मनाइयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले हुम्ला जिल्लाका नाङ्गा पाखामा वृक्षरोपण गर्ने अभियानमा सबैले एउटा मात्र बिरुवा रोपे पनि वातावरण संरक्षणमा ठुलो सघाउ पुग्ने बताए ।
सो अवसरमा सर्वसाधारण र कर्मचारीको सहभागीता रहेको थियो । रासस