बर्खायाममा निम्तिन सक्ने प्राकृतिक प्रकोपको मिलेर सामना गर्न सरोकार भएका सबै पक्ष एक जुट भएका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकमा खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सबैले प्रतिबद्धता जनाए । सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, व्यवसायी, पत्रकार लगायतले आफ्ना जनशक्ति, स्रोधसाधन, सामग्री तयारी हालतमा राख्ने बताए ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप मनसुन पूर्वतयारीको काम अघि बढेको समितिका अध्यक्ष एवम् प्रजिअ भागीरथ पाण्डेयले बताए । उनले सबै कार्यालय, निकाय र मातहतका अङ्गलाई विपद्पछिको उद्धार, राहत, पुनः स्थापनका लागि तयार रहन निर्देशन दिइएको उल्लेख गरे । रासस