newskoseli.Com

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ओली सरकार विदेशमा रहने नेपालीका लागि मात्र होइन, स्वदेशमै रहेका सर्वसाधारण समेतका भविष्यनिर्माता हुन् भन्दै उनी तर्कहरुको बिस्कुन लगाउँछन् ।

ओली सरकारप्रति आशा–भरोसा राख्ने दङ्गाल मात्र एक्ला पात्र होइनन्, बाध्यतामा देश र परिवारबाट टाढा भर्इ युएर्इ आएका कयौं नेपालीहरु भाषा र भाँती फरक भए पनि दङ्गालको जस्तै आशय दर्शाउँछन् ।

छ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका स्याङ्जाका अर्का युवा नारायण अर्यालले पनि दङ्गालकै जस्तो आशा–भरोसा साँचेका छन् । ओली सरकारले मात्र आफूहरुलार्इ देश फर्कने वातावरण निर्माण गर्नेमा आफू विश्वस्त रहेको बताउँदै अर्याल भन्छन्– ‘हाम्रो देशमै छिट्टै रोजगारीका व्यापक अवसरहरूको सिर्जना हुनेछ, विदेशिएका हजारौं नेपाली युवाहरुले स्वदेशमै राम्रो रोजगारी पाउनेछन् ।’

दङ्गाल र अर्यालको जस्तै आशा र विश्वास लिएका धेरै नेपालीहरु एउटा वातावरण स्वदेशमा जसरी पनि बनिछाड्ने आशा सँगालिरहेका छन् । उनीहरू केपी ओली मात्रै आफूहरुको भरोसाको केन्द्र भएको  बताउँछन् ।

युएर्इका हरेक गल्ली र चोकहरुमा जब नेपाली(नेपालीबीच भेट हुन्छ तब नेपालको राजनीति र विकासको विषयमा छलफल भैहाल्छ । चाहे बरदुबैको नेपाली चोक होस् या जबेल अलीको फ्री जोनको लेबर क्याम्प नै किन नहोस्– ओलीको गुणगान घन्किहाल्छ ।

आठौं वर्षसम्म कुबेतमा रोजगारी गरेर पनि देशको खराब परिस्थितिका कारण फेरि युएर्इ आउनुपरेको बताउने इलाम घर भएका बल्लभ दाहालले पनि आफ्नो विदेश बसाइलार्इ ओलीले मात्रै समाप्त पारिदिन सक्ने आत्मविश्वास व्यक्त गरे । ओली सरकारको गुणगान गाउँदै दाहाल भन्छन्–’म उनको कार्यबाट प्रभावित भएको छु, मलार्इ लाग्छ– ओलीले अगाडि सारेका विकासका योजनाहरुले सार्थकता पाउने हो भने हरेक नेपाली युवाहरुले विदेशको मरुभूमिमा पसिना बहाइरहनु पर्दैन, विदेशको जस्तै रोजगारीको वातावरण नेपालमै तयार हुनेछ ।’

आफ्नो  देशका खबरहरुसँग अनलाइनमार्फत सधैं नजिक रहने इलाम, सुलुबुका अर्का युवा डाकमान  गहते पनि ओलीसँग आफू अत्यन्तै आशावादी रहेको बताउँछन् । उनी भन्छन्– ‘ओलीको बोली मात्र होइन, कार्यान्वयन प्रक्रिया पनि रफ्तारमै गैरहेको छ, अहिलेसम्मका सरकारमध्य यो सरकारले मात्रै वास्तविक सरकारको अनुभूति गराएको छ ।’

ठट्यौली भाषणका कारण चर्चामा आइरहने ओलीले ठट्यौलीमै अगाडि सारेका मोडलहरुले  नाटकीय रुपमा नै कार्यान्वयनको क्षेत्रमा सार्थकता पाउन थालेपछि जनतामा उनीप्रतिका आशाहरु अझ बढदै गएका छन् । उनले बोलेका कयौं विकासका योजनाहरु अगाडि बढ्न सुरु हुनाले पनि ओलीको ठट्यौलीमा वास्तविकता रहेको धेरैले विश्वास गर्न थालेका छन् ।

ताप्लेजुङ घर भर्इ हाल झापा बस्दै आएका र  युएर्इको दुबर्इमा रोजगारी गरिरहेका द्रोण न्यौपाने पनि आफू ओली सरकारको समर्थक रहेको बताउँछन् । यो सरकारबाट आशा गर्नलायक धेरै कामहरु भइरहेको बताउँदै द्रोण भन्छन्–’आजसम्म धेरै सरकारका बोली र कामहरु हेरियो–सुनियो तर अहिलेसम्म केही हुन सकेन । खालि निराशा र युवाहरुलार्इ विदेश जान बाध्य  बनाउने खालका क्रियाकलाप मात्र भए ।’

द्रोणको जस्तै आशा व्यक्त गर्ने ८ वर्षदेखि युएर्इमा नै रोजगारी गर्दै आएका  चितवनका ४५ वर्षीय मोहन शाही पनि ओली सरकारले नेपालको विकासमा नयाँ कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँछन् । ओलीले नेपालका हरेक कुनाकन्दरामा समानुपातिक विकासका योजना अगाडि सारेको जिकिर गर्दै उनी भन्छन्– ‘वैदेशिक रोजगारीको क्षेत्रमा पनि नयाँ परिवर्तन आउनेछ ।’

युएर्इका विभिन्न कम्पनीमा फरक–फरक काम गर्ने सयभन्दा बढी नेपालीसँग गरिएको कुराकानीमा करिव ९५ जनाले ओलीको कामप्रति सन्तोष व्यक्त गर्दै मरुभूमिमा पसिना बहाउनबाट मुक्त भइने आशा व्यक्त गरे ।

रामेछाप रस्नालुका राज कार्कीले त ओलीको भरोसाकै कारण आफू छिट्टै स्वदेश फर्कन लागेको बताए । देशमा देखिइरहेको आशालाग्दो वातावरणले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरु खुशी भएका र यसकै कारण आफ्नो विदेश बसाइ छोटो हुने विश्वास व्यक्त गर्दै उनले भने– ‘नेपालमा माहोल बन्नासाथ स्वदेश जाने तयारीमा छु ।’

राजजस्तै झापाका अर्का युवा जीतबहादुर गुरुङले पनि नेपालमा सबैका लागि सकारात्मक वातावरण तयार हुँदै गर्दा आफूले पनि घर, देशमा गर्इ केही गर्न लागेको बताए । स्वदेशमै केही गरौं भन्ने सोच  हुँदाहुँदै पनि देशको परिस्थितिका कारण विदेश पलायन भएका लाखौं युवाहरुका यी प्रतिनिधि पात्र मात्र हुन् ।

संसारका जुनसुकै कुनामा रोजगारी गरिरहेका भए तापनि देश र परिवारबाट टाढा हुनु विदेशिने सबै नागरिकको बाध्यता हो । यो बाध्यताबाट नेपाली युवाहरूलार्इ ओली सरकारले मात्र मुक्त गराउने आशा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै अभ्यास गर्न बाँकी नै छ ।

विदेशिएका लाखौं युवाहरुले आशा र भरोसाको केन्द्र ठानेका प्रधानमन्त्री ओलीले चाहिँ उनीहरूको यो विश्वसलार्इ वास्तविकतामा बदल्न सक्छन् कि आशावादी युवाहरूको विश्वासमाथि तूषारापात गराउँछन्र रु यो भने हेर्न बाँकी नै छ । युवाहरूको यो विश्वास ओलीका निम्ति कडा चुनौती हो ।

ओलीले अघि सारेका विकासका योजनाहरुलार्इ विपक्षी नेताहरुले समेत समर्थन गर्न थालेपछि नेपालमा उनको लोकप्रियता बढ्न थालेको टिप्पणी गरिँदैछ । यदि यी योजना, प्रतिबद्धता, आशा र विश्वासमा जुर्मुराइरहेका युवाहरुको भावनाविपरीत भए भने ओली र उनको पार्टी विपक्षी दलहरूले भनेजस्तो इतिहासकै सर्वाधिक नालायक र हावा प्रमाणित हुने कुरामा दुर्इमत छैन ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर