कवि मात्र थिए पहिले गजलकार बन्दैछु म
रोपेको थें प्रेमको बिज कुहियो कि खन्दैछु म ।।
मलजल पनि हालेको थें तार बार पनि बारेकै हो
भित्र भित्रै मुसा पसी बिज खायाेकी भन्दैछु म ।।
गोडमेल गर्ने सपन थियो फले फलै खाने पनि
कहिले आउला त्यो दिन अौँला भांचि गन्दैछु म ।।
फल खाने त कुरै छोडौँ टुसासम्म उम्रिन सकेन
संङ्का लाग्छ कुहियो कि मनमनै गम्दैछु म ।।
कवि मात्र थिए पहिले गजलकार बन्दैछु म
रोपेको थें प्रेमको बिज कुहियो कि खन्दैछु म ।।
– काभ्रे
हालः जाेरपाटी, काठमाडाैँ