२५ कार्तिक, २०८२ |
न्युजकोसेली संवाददाता
काठेखोला गापा– ४, तङ्ग्राम, बाग्लुङमा १ कात्तिक, २०४४ मा जन्मेका हेमराज आश्रम युवापुस्ताका प्रतिभाशाली जनकलाकार हुन् । नेकपा (मसाल) आबद्ध रहेर क्रियाशील रक्तिम सांस्कृतिक अभियानको महासचिव रहेका आश्रम कला र गलाका साथसाथै विभिन्न सङ्गठनात्मक जिम्मेवारीसहित २०५५ देखि रक्तिममा क्रियाशील रहँदै आएका छन् ।...बाँकी
२ भाद्र, २०८२ |
चेतनाथ धमला
बुङमतीस्थित छयासीकोटमा अवस्थित आर्दश सौलः युवक माविमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम अन्तर्क्रिया तथा कविगोष्ठीका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कायर्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिकविन्दु विद्य...बाँकी
२ कार्तिक, २०८१ |
न्युजकोसेली संवाददाता
नेपालको कम्युनिस्ट आन्दोलन, सारतः माओवादी आन्दोलन टुटफुट र विभाजनका कारण विशृङ्खल अवस्थामा रहेको र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको स्थितिमा यसलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक–सांस्कृतिककर्मीहरूबीच...बाँकी
३ बैशाख, २०८१ |
न्युजकोसेली संवाददाता
विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...बाँकी
२६ भाद्र, २०८० |
रेहित सैंजु
व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...बाँकी
७ श्रावण, २०८० |
सुबाेध गाैतम
कोही खान नपाएर बिरामी परेका छन्,
कोही धेर खाएर बिरामी परेका छन्,
खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्–
त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् ।
(फोनको घन्टी)
- ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु ।
हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु...बाँकी
२३ असार, २०७९ |
दीपक खनाल ‘अपूर्ण’
घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ ।
धेरै केटीहरूले...बाँकी
४ जेष्ठ, २०७९ |
दीपक खनाल
ऊ उजाड भएको होइन
पहेंला पातहरू झरेर गएका हुन्
कुहिएका बोक्राहरू गलेर गएका हुन्
काठतस्करहरूले काटेर उसका हाँगाबिङ्गा
टिम्बा बनाएर बेचेका हुन्
त्यही टिम्बा बेचेको पैसाले सेतो कात्रो किनेका हुन्
त्यही कात्रोमा बेरेर
सिद्धान्त, दर्शन र विचारलाई
'मरौँ मरौँ लाग्ने आर्यघाट' मा जलाएका हुन्
अनि लिएर...बाँकी
२८ बैशाख, २०७९ |
नन्दलाल खरेल
मौन अवधिको मौनतामा
किनबेच, छलछाम, छिनाझपटी
प्रतिघात–आघातको उत्कर्ष छ ।
मौन अवधिको मौनतामा
बेइमानी, ढाँट, त्रास
धाक–धम्की प्रबल छ ।
मौन अवधिको मौनतामा
नेता–कार्यकर्ताको सल्बलाहट
‘रात्रिकालीन भेटघाट’ को ब्यारोमिटर उच्च छ ।
मौन अवधिको मौनतामा
रक्सी–मासुको, भोजभतेरको
पकवानहरु गरिबलाई पस्किइएक...बाँकी
१६ बैशाख, २०७९ |
प्रतिष्ठा पनेरु
‘आमा’ भनेर बन्नु
र आमा ‘बनेर’ बन्नुमा
धेरै फरक छ !
को हुन् मैले भनेकी आमा ?
बाटामा हिँड्ने हरेक वृद्धालाई ‘आमा’ भनिएला
सस्तो साइँनो दुई दिनको लगाइएला
अरु कसैकी आमालाई पनि ‘आमा’ गनिएला
भाषण–सम्बोधनमा यो शब्द बगाइएला !
को हुन् मेरी बनेकी आमा ?
मैले हार खाँदै दुई थोपा आँसु झार्दा
भित्रैबा...बाँकी