५ जेष्ठ, २०७७ |
दीपक आचार्य ‘काकु’
चुनावअघि जनताको खोजी
खोजी मात्र होइन, भरिदिन्छन् गोजी
जुर्मुराउँदा भाषण, मिठो आश्वासन
त्यति मात्र होइन बाँडिदिन्छन रासन
चुनावपछि कुर्सीको तानातान
कुर्सीकै लागि मुक्का हानाहान
जनता नेता कुर्छ, नेता जनता चिन्दैन
सिंहदरबार–क्वार्टरबाहेक अन्त कतै हिँड्दैन
प्रतिपक्ष भए ढुङ्गामुढा हान्ने
चक्क...बाँकी
२७ बैशाख, २०७७ |
डीपी ढकाल
काँठकी महिला । अझ त्यसमा पनि बुहारी भएपछि त कामको बोझ झनै बढ्ने नै भयो । अझ उनका त अरू दुईवटा परिचय थपिएका थिए– एउटा, समाजले थपिदिएको थियो– ‘दलित’ र अर्को, राज्यले थपिदिएको थियो– ‘आतङ्ककारीकी श्रीमती’ । राज्य र समाजले केवल परिचय मात्र थपिदिएका थिएनन्, परिचयसँगै थपिदिएका थिए दुःख पनि ।
बिहान सबेरै...बाँकी
१५ बैशाख, २०७७ |
निभा शाह
संसद् भवन
नाटक भवन हो
यहाँ कहिले रामलीला चल्छ
यहाँ कहिले रासलीला चल्छ
रामलीला र रासलीलाको फ्युजन
यहाँ सधैं लक्ष्मी–लीला चल्छ ।
जब यहाँ रामलीला चल्छ
सांसदहरू सेल्फ–अपहरणमा पर्छन्
जब यहाँ रासलीला चल्छ
सांसदहरू जुहारी खेल्छन्
जब यहाँ लक्ष्मी–लीला चल्छ
सांसदहरू मध्यरातमा
मौनब्रत बस्छन्
जस...बाँकी
८ बैशाख, २०७७ |
डी चिरञ्जीवी
पत्रकार : फुटाउने प्रस्ताव किन ल्याउनुभएकाे ?
उहाँ : एउटै भाँडाेमा दुईटा बाेकाले कुँडाे खान गाह्रो हुन रहेछ, भाँडाे थपाैँ मात्रै भनेकाे !
पत्रकार : अनि उहाँहरू त सुप्रिमाे निवासमा मिटिङ गर्न गइसक्नुभाे त !
उहाँ : पाेइले कुटेकी स्वास्नी माइत जाँदिन त ? के कुरा गर्नुहुन्छ !
पत्रकार :...बाँकी
२६ चैत्र, २०७६ |
अर्जुन दुलाल
अहो ! हाँसी–खेली सधैं नै रमाएँ
पखेरा र पाखा सबै देख्न पाएँ
भएँ ‘स्वर्ग’ मै लौ उडेको चरा झैं
मलाई त प्यारो छ यो जिन्दगी नै ।
नटुट्ने भरोसा र विश्वास सारा
रहन्छन् दिलैमा सधैं नै प्यारा
मुमा मुस्कुराइन् अहो ! प्यार गर्दै
मलाई त प्यारो छ यो जिन्दगी नै ।
हँसाएर सारा अझै बाँच्न पाऊँ
भुली दर्द...बाँकी
२० चैत्र, २०७६ |
अर्जुन दुलाल
लड्दैथ्यो कलिलो मुटु पनि कठै आमा थिइन् बेडमा
भन्छन् बालक दर्दले अझ कठै बाँचिन्न रे नि मुमा !
बोल्दैनौ ‘भगवान्’ हे भन तिमी यस्तो यहाँ के भयो
कस्तो दण्ड दियौ छ बालक पनि खै दोष के नै थियो ?
सारा वृद्ध बुबा–मुमा पनि अहो मार्दैछ यो रोगले
प्यारा ती चिचिला भुरा त टुहुरा पार्दैछ यो रोगले
आगो बल्दछ द...बाँकी
१९ चैत्र, २०७६ |
बलराम तिमल्सिना ‘विप्लव’
खोलापारि देश हाम्रो, खोलावारि हामी !
बाटो छैन, खटन छैन– हामी कहाँ जाने ?
विपत्तिमा देशको माटो टेक्न पाए हुन्थ्यो
जहान–परिवारको मुख देख्न पाए हुन्थ्यो
बीचमा छ काली नदी, देश हाम्रो पारि
देश हेर्दै रुँदै हामी बसेका छौं वारि !
खोलापारि देश हाम्रो...
पौडी जाऊँ पारि भने बगिजाइन्छ कि ?
तरिजाऊँ ...बाँकी
१८ चैत्र, २०७६ |
केवल बिनाबी
रछ्यानको पानीलाई कुलेसो बनाएर
पानीघट्ट खेल्दै गर्दा
कति भाइरससँग खेलियो– पत्तै भएन ।
भैंसीगोठालो जाँदा
भैसीसँगै आहलमा डुब्दैगर्दा
कति ब्याक्टेरिया निलियो– थाहै भएन ।
मलको डोकामा मलसँगै
आमाले बोक्दैगर्दा
यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे
कुनै लेखाजोखा छैन ।
बा–आमाले र...बाँकी
२५ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
चर्चित मार्क्सवादी साहित्यकार, लेखक एवं बुद्धिजीवी डा. ऋषिराज बराललाई ‘हृदयचन्द्रसिंह सम्मान’ द्वारा सम्मानित गरिने भएकाे छ । नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत डा. बराललाई ‘साहित्य सदन नेपाल’ ले यस पटकको ‘हृदयचन्द्रसिंह सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो ...बाँकी
२१ फाल्गुन, २०७६ |
कृष्ण सेन ‘इच्छुक’
म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्यो र ?
मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ ।
जहाँ जीवन बन्धनहरूभित्र कैद ह...बाँकी