newskoseli.Com

एमाले अखिलकाे कार्यालय रातोघर नजिक

लामो समय वामपन्थी विद्यार्थी सङ्गठनको केन्द्रीय कार्यालय बागबजारमा रहन्थ्याे । केही समय पहिले अन्यत्र कार्यालय सरेपनि पुनः बागबजारमा विद्यार्थीको चहलपहल बढ्ने भएको छ ।

विसं. २०४६ को जनआन्दोलनका बेला अखिलको कार्यालय रहेको रातो घर बागबजार विस्तारका क्रममा भत्काइएपछि खसि बजारमा कार्यालय सरेको थियो ।

यही साता नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कार्यालय पनि पुनः बागबजारमा स्थानान्तरण हुँदै छ ।

हालको कार्यालय साँघुरो र पार्किङको असुविधा भएपछि त्यहाँबाट नयाँ स्थानमा कार्यालय व्यवस्थापन भएको हो । महाधिवेशनबाट नविना लामाको नेतृत्वमा नयाँ कार्यसमिति चुनेसँगै नयाँ कार्यालय खोजिएको हो ।

सङ्गठनका उपाध्यक्ष महेश वर्तौलाले नयाँ कार्यालयमा करिब १०० जनासम्मको भेला तथा त्यति नै सङ्ख्यामा बैठक बस्न सकिने व्यवस्था गरिएको बताए ।

सङ्गठनले पहिला मासिक रु १५ हजार भाडा तिर्दै आएकामा अब रु ३५ हजार मासिक भाडा तिर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर