newskoseli.Com

साउनदेखि फोहोरबाट ग्यास

आगामी साउनभित्रै फोहोरबाट ग्यास बनाउने प्रविधि नेपाल भित्र्याउने तयारी भएको छ। जैविक फोहोरलाई प्लान्टमा हालेर पेलेर ग्यास निस्कलिन्छ । यसबाट खाना पकाउन र बिजुली उत्पादन गर्न सकिन्छ।

काठमाडौं महानगरले भने फाेहाेर बाट  ग्यास निकाल्ने भएको छ। युरोपियन युनियन र महानगरपालिकाकाे सहकार्यमा ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो। महानगरका वातावरण विभाग प्रमुख रविमान श्रेष्ठले भने– ‘साउन दाेस्राे साता भित्रमा ग्यास निकाली  ग्यासबाट बिजुली उत्पादन गरिसक्छौं ।’ काम अघि बढाउदैछैँ ।

राज एन्ड रिवाज सप्लायर्स प्रा.लि., नेप्लिज वेस्ट र सिवान जेभीले उक्त प्राेजेक्ट १ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता पाएका छन्।  ग्यास उत्पादन गर्ने डाइजेस्ट प्लान्ट भारतको पुनामा बनिरहेको छ । र त्यसपछि उत्पादनको काम धमाधम हुन्छ। साउनको अन्त्यसम्ममा सञ्चालन गरिसक्छौं।

भान्साबाट अाउने तथा कुहिने फोहोर छुट्याएर त्यसबाट ग्यास उत्पादन गरिन्छ। नकुहिने फाेहाेर भने काम लाग्दैन। टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’ मा दुई डाइजेस्ट प्लान्ट राखिनेछ। प्लान्टमा फोहोर राखेर पेलिन्छ। यी प्लान्टबाट तीनवटा छुट्टाछुट्टै पाइप जडान गरिएका हुन्छन्। पाइपबाट ग्यास, पानी र फोहोर झर्छन्। ग्यास जम्मा गर्न बेलुन राखिनेछ। पानी र फोहोर टयांकीमा जम्मा हुनेछन्।

यहाँ राख्न लागिएका प्लान्टकाे दिनहुँ ३ टन फोहोर पेल्ने क्षमता हुनेछ र त्यसबाट २ सय ५० एमक्यु (करिब ९६ किलो) ग्यास, २ सय केजी मल र १५ सयदेखि ३ हजार लिटरसम्म पानी उत्पादन हुने इन्जिनियर महेश शाहले जानकारी गराएका छन् । ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ। ग्यास जम्मा गरिएको बेलुनबाट जेनेरेटरसँग कनेक्सन गराएपछि बिजुली निस्कन्छ।

फोहोर पेलेर निस्केको ग्यास, पानी र मल सबै काम लाग्छन्। पानी खान नमिले पनि गाडी धुन, फूलमा राख्न प्रयोग गर्न सकिन्छ।  मलचाहिँ कृषिकार्यमा प्रयोग गर्न सकिन्छ। सिंह भन्छन्– ‘फोहोरबाट ग्यास निकाल्न सकिन्छ भनेर प्रमाणित भएको छ । यो प्रविधिले फोहोर नियन्त्रण हुन्छ। आत्मनिर्भर हुन पनि सकियो। हाम्रो देशका अरू ठाउँमा पनि यो प्रयोग गर्न सकिन्छ।’

वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसकोव्यापक प्रयोग गर्दै आएका छन्। यहाँ पनि होटल, रेस्टुरेन्ट, स्कुलजस्ता बढी फोहोर उत्पादन हुने ठाउँमा यसको प्रयोग गर्न सकिने उनी बताउँछन्। श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा दिनमा ५ सय टन फोहोर उत्पादन हुन्छ।

यो प्रोजेक्ट सफल भयो भने यसलाई विस्तार गर्न सकिने उनले बताए। सिंह भन्छन्– ‘२/४ सयले खाना खाने ठाउँमा यसरी ग्यास उत्पादन गर्न उपयुक्त हुन्छ । भान्साको फोहोर प्लान्टमा हालेर तत्कालै उत्पादन गरी  भान्सामा प्रयोग गर्न सकिन्छ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर