newskoseli.Com

लगानीकर्ता खोज्दै नेपाली सामाजिक सञ्जाल ‘सगुन’

नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल ‘सगुन डटकम’ ले कम्पनीको पहिलो चरणको निष्कासन (आईपीओ) मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुला गरेको छ ।

‘सगुन’ को नेपाल कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको ‘सगुन’ ले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तिमा ५ हजार र बढीमा १८ हजार अमेरिकी डलर लगानी गर्ने अवसर प्रदान गरेको जानकारी दिएको छ ।

‘प्रयोगकर्तामाझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभव हटाउनका लागि हामी लागिपरेका छौँ’, अमेरिकाबाट नेपाली पत्रकारसँग कुरा गर्दै ‘सगुन’ का संस्थापक गोविन्द गिरीले भने ।

उनले विश्व बदल्ने लक्ष्य लिएको ‘सगुन’ मा सार्वजनिक सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको र यसका लागि कानुनी रूपमा बाटो खोलिदिएकामा युएस जब्स एक्टलाई धन्यवाद दिए ।

विश्वब्यापी रूपमा फैलिएको सामाजिक सञ्जाल ‘सगुन’ ले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउड फन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । सेयर खरिदबाट आएको पुँजीबाट ‘सगुन’ का प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषता बढाउँदै जाने र मोबाइल एपको सुरुआत गरिने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर