newskoseli.Com

चन्द्रमाको सतहमा भेटियो पानी : नासाले सार्वजनिक गर्‍यो रहस्य

चन्द्रमाको सतहमा पानी पाइएको तथ्य अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक सार्वजनिक गरेको छ । चन्द्रमाको चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरही पूरै सतहमा पानी रहेकोतर्फ सो खोजले संकेत गरेको छ ।

चन्द्रमाको दक्षिण ध्रुवमा रहेको पृथ्वीबाट देखिने सबैभन्दा ठूलो मध्येको एक भाग क्लाभस क्रेटरमा पानीका कण (एचटुओ) फेला परेको नासाको स्ट्राटोफोरिक अब्जर्भेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो) ले उल्लेख गरेको छ । चन्द्रमाको सतहमा विगतमा गरिएका अनुसन्धानहरुमा चन्द्रमामा हाइड्रोजनका केही स्वरुप पाइएको थियो । तर, त्यसमा पानी वा पानीको रासायनिक नातेदार हाइड्रअक्सी (ओएच) मध्ये के हो भन्ने छुट्याउन सकिएको थिएन ।

हालै मात्र क्लाभस क्रेटरबाट प्राप्त तथ्याङ्कले चन्द्रमाको सतहमा फैलिएको एक घनमिटर माटोमा एउटा १२ औंसको बोतल बराबरको पानी रहेको देखाएको छ । चन्द्रमाकाे सतहमा पानी भेटिएको तथ्य ‘नेचर एस्ट्रोनोमी’ को पछिल्लो अङ्कमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर