newskoseli.Com

कम्प्युटरजगतमा ठूलो हलचल : नयाँ ‘अपरेटिङ सिस्टम’ लञ्च हुँदै, विन्डोज १० बन्द हुँदै !

कम्प्युटर प्रणालीमा हालसम्म प्रयोग हुँदै आएको ‘विन्डोज अपरेटिङ सिस्टम’ मा आमूल परिवर्तन गरिएको नयाँ ‘अपरेटिङ सिस्टम’ यही महिना (जुन, २०२१) को अन्त्यतिर लञ्च गर्न लागेको माइक्रोसफ्ट कर्पोसेसनले हाल उपलब्ध गराउँदै आएको ‘विन्डोज १०’ को सपोर्ट सन् २०२५ देखि बन्द गरिने सार्वजनिक जानकारी गराएको छ ।

माइक्रोसफ्टको यो घोषणासँगै हालसम्मको सबैभन्दा पछिल्लो र सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० सन् २०२५ देखि बन्द हुने भएको छ । विन्डोज १० नै विन्डोज अपरेटिङ सिस्टम श्रृंखलाको अन्तिम संस्करण हुने कुरा सन् २०१५ को जुलाईमा माइक्रोसफ्टले विन्डोज १० लञ्च गर्दा नै बताइसकेको थियो ।

१४ अक्टोबर, सन् २०२५ देखि विन्डोज १० का ‘होम’ तथा ‘प्रो’ भर्सनमा नयाँ ‘अपडेट’ र ‘सेक्युरिटी फिक्सेज’ उपलब्ध नहुने जानकारी माइक्रोसफ्टले गराएको छ । विन्डोज १० अघिको ‘विन्डोज ७’ काे आम प्रयोगलाई माइक्रोसफ्टले सन् २०२० मै अन्त्य गरिसकेको छ । ‘विन्डोज ७ प्रोफेसनल’ र ‘विन्डोज ७ इन्टरप्राइज’ का प्रयोगकर्ताले भने शुल्क तिरेर अहिलेसम्म पनि अपडेट एवं सेक्युरिटी फिक्सेज प्राप्त गरिरहेकै छन् ।

विन्डोजलाई नै प्रतिस्थापन गर्ने गरी छिट्टै लञ्च हुने क्रममा रहेको नयाँ अपरेटिङ सिस्टम पछिल्लो दशककै सबैभन्दा उल्लेख्य अपडेट हुने दावी माइक्रोसफ्टले गरेको छ । जुलाई, २०१५ मा ‘विन्डोज एज अ सर्भिस’ नाराका साथ विन्डोज १० लञ्च भएको थियो । विन्डोज १० लञ्च गर्दा नै अबदेखि वर्षेनि नयाँ–नयाँ संस्करणका विन्डोज नल्याइने बरू विन्डोज १० मै निरन्तर निःशुल्क अपडेट उपलब्ध गराइने जानकारी माइक्रोसफ्टले दिएको थियो ।

नयाँ सफ्टवेयरका लागि हार्डवेयर पनि नयाँ नै चाहिने !

नयाँ अपरेटिङ सिस्टम लन्च भएसँगै हालसम्म प्रयोगमा रहेका कम्प्युटर र ल्यापटपहरूको अवस्था के हुने भन्नेबारे संसारभर खैलाबैला मच्चिएको छ ।

नयाँ अपरेटिङ सिस्टम (सफ्टवेयर) चल्न र राम्ररी काम गर्नका निम्ति स्वभावतः अहिले चलिरहेका भन्दा बढी क्षमताका कम्प्युटर वा ल्यापटप (हार्डवेयर) आवश्यक पर्ने भएकाले संसारभर प्रचलनमा रहेका अर्बौं डिभाइसहरू प्रयाेगविहीन भई मूल्यहीन हुने र धेरैजसाेले नयाँ डिभाइसहरू नै किन्नुपर्ने अवस्था निम्तने बताइएको छ ।

एजेन्सीहरूको सहयोगमा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर