newskoseli.Com

इन्टरनेटमा ठगिनुभएको छ ? स्पिडबारे अब स्पष्ट जानकारी पाउनुहुन्छ

सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविड्थको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

कुन समयमा के–कति इन्टरनेट प्रयोग भएको हो, त्यसबारे प्रयोगकर्ता आफैंले हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन छ । यस्तो व्यवस्थापछि प्रयोगकर्ता आफैंले आफूले जडान गरेको इन्टरनेटको गुणस्तर र प्रयोग भइरहेका डिभाइस सङ्ख्याका बारेमा जानकारी लिन सक्ने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए ।

‘राउटर अथवा धेरै डिभाइसमा कनेक्ट भएका कारणले इन्टरनेट स्पिड कम हुँदा पनि गुनासो आइरहेको छ,’ उनले भने– ‘यस्तो व्यवस्थापछि प्रयोगकर्ताले वास्तविकता थाहा पाउने र बुझेर मात्र गुनासो आउने अपेक्षा छ ।’ प्राधिकरणको यो निर्देशन मोबाइल इन्टरनेट सेवा उपलब्ध गराइरहेका दूरसञ्चार सेवा प्रदायकलाई पनि लागू हुने जानकारी उनले दिए । मोबाइल सेवा प्रदायकले एप्स अथवा अन्य कुनै माध्यमबाट प्रयोग भएको इन्टरनेटको वास्तविकता उपलब्ध गराउनुपर्ने छ । तत्काल यस्तो व्यवस्था गर्न निर्देशन दिइएकाले यो लागू नभए कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

इन्टरने सेवाको गुणस्तरबार व्यापक गुनासो आइरहेको सन्दर्भमा हुन लागेको नयाँ व्यवस्थासम्बन्धी यो खबर विश्वास रेग्मीको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर