newskoseli.Com

एउटै जिल्लामा १ सय ७० लार्इ एचआर्इभी !

एउटै जिल्ला, त्याे पनि राजधानीबाहिरकाे जिल्ला, जहाँ १ सय ७० जना एचआर्इभी सङ्क्रमित रहेको पाइएको छ । पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १ सय ७० जनामा एचआर्इभीको सङ्क्रमण पत्ता लागेको हो ।

संक्रमितमध्ये ८४ पुरुष र ८६ महिला छन् भने तीमध्ये १८ बालबालिका छन् । एचआर्इभीको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज कार्यक्रमका संयोजक लोकेन्द्र पन्तले यस्ताे जानकारी दिएका हुन् ।

“एचआर्इभी सङ्क्रमितमध्ये १ सय १६ ले मात्र एआरटी औषधि लिइरहेका छन्”, उनले भने– “५४ जना त नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।” नयाँ पत्ता लागेकाले एआरटी औषधि सुरु नगरेको बताइएको छ । १ सय १६ मध्ये ८४ जनाले मात्रै एआरटी औषधि नियमित रुपमा सेवन गरिरहेका छन् ।

औषधि सुरु गरेकामध्ये १७ को मृत्यु भइसकेको र दुई जना हराइरहेका बहुउद्देश्यीय विकास समाजले जनाएको छ । यस्तै, ९ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । ५ सङ्क्रमितलाई भने औषधि रोकिएको कार्यक्रम संयोजक पन्तले बताए । उनले भने– “औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको हो ।”

एचआर्इभी सङ्क्रमितमा अहिले विभिन्न खालका समस्या रहेका स्वयम् सङ्क्रमितहरुले बताएका छन् । एआरटी औषधिसँगै पोषिलो खाने कुराको आवश्यकता पर्ने भए पनि सङ्क्रमितले पोषिलो खाने कुरा नपाएको बताएका छन् । सङ्क्रमितको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले जीविकोपार्जन गर्न धौधौ भएको बैतडी प्लसका अध्यक्ष पद्मसिंह मौनीले बताए । राज्यका निकायहरु मौन हुँदा आफूहरु समस्यामा परेको बताउँदै उनले भने– “सङ्क्रमितमध्ये धेरैजसो महिला एकल भएकाले झन् समस्या रहेको छ ।”

सङ्क्रमित बालबालिकालाई पनि यस्तै समस्या रहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुर्याउन एमपीडीएस र सेवक मित्र नामका गैरसरकारी संस्थाले सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन ।

अठार निर्दोष बालबालिका पनि सङ्क्रमित

बैतडीमा १८ जना निर्दोष बालबालिका एचआर्इभी सङ्क्रमित छन् । सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनुपरेकाे छ । सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् ।

एचआर्इभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना १ हजार रूपैयाँका दरले सामाजिक सुरक्षा अनुदान दिइरहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक पन्तले बताए ।

जिल्लामा १८ एचआर्इभी सङ्क्रमित बालबालिका रहेकामा १४ लाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराइएको छ । उनले भने– “दुई जनाको परिवारले अनुदान लिन मानेको छैन ।”

एचआर्इभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको उनले बताए । अहिले पनि समाजमा एचआर्इभी सङ्क्रमित बालबालिकालाई हेर्ने दृष्टिकोण फरक रहेकाले समस्या भएको छ ।

कायमै छ सङ्क्रमितमाथिको भेदभाव

समाजमा अझै पनि एचआर्इभी सङ्क्रमितलाई भेदभावपूर्ण दृष्टिकोणले हेर्ने गरिएको छ । एचआर्इभी सङ्क्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकाले भेदभाव कायमै रहेको बैतडी प्लसका अध्यक्ष मौनीले बताए ।

“जिल्लाभरि रहेका सङ्क्रमितहरु विभिन्न समस्या खेपिरहेका छन्”, उनले भने– “सरकारका निकायहरुले एचआर्इभी सङ्क्रमितका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” कतिपय ठाउँमा अझै पनि एचआर्इभीका बारेमा आवश्यक ज्ञान नभएकाले सङ्क्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर