newskoseli.Com

१३ विभाग बनायो प्रगतिशील लेखक संघले

प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले केन्द्री यस्तरका विभिन्न १३ विभाग गठन गरी कार्यविभाजन गरेको छ । शुक्रबार राजधानीमा बसेको प्रलेस सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको संयोजकत्वमा इतिहास र महासचिव आरएम डङ्गोलको संयोजकत्वमा प्रकाशन/सम्पादन विभाग गठन भएका छन् । अन्य विभागीय प्रमुखमा विधागतमा उपाध्यक्ष खेम थपलिया, महिलामा उपाध्यक्ष डा. विन्दु शर्मा, इतिहास तथा सामाजिक अध्ययनमा उपाध्यक्ष रामप्रकाश पुरी, संस्कृतिमा उपाध्यक्ष कृष्णहरि भट्ट, प्रशिक्षणमा उपाध्यक्ष कृष्णराज अधिकारी, मातृभाषामा रोशन जनकपुरी, प्रवासी साहित्यमा वरिष्ठ सचिव पुण्य गौतम, प्रचारप्रसारमा सचिव प्रकाश सिलवाल, बालसाहित्यमा सचिव होमशङ्कर बास्तोला, आर्थिकमा कोषाध्यक्ष विजयराज आचार्य, अन्तर्राष्ट्रियमा सचिवालय सदस्य सङ्गीतस्रोता रहेका छन् ।

प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले असोज ४ गते केन्द्रीय कमिटीको बैठक गर्ने र ५ गते स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ ।

बैठकले चाँडै प्रादेशिक कमिटी गठन, वार्षिक कार्ययोजना, सदस्यताको आधार तय बारेमा पनि विभिन्न निर्णय गरेको छ । कार्ययोजना बनाउन वरिष्ठ सचिव गौतमको संयोजकत्वमा सचिवहरु रहेको कार्यदल गठन गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर