newskoseli.Com

वाईसीएल रुकुमको अध्यक्षमा शैलेश निर्वाचित

वाईसिएल नेपाल रुकुमको अध्यक्षमा शैलेश कुमार शर्मा निर्वाचित भएका छन् । आईतबार र सोमबार सदरमुकाम खलंगामा भएको चौथों जिल्ला सम्मेलनबाट शर्मा अध्यक्षमा निर्वाचित भए ।
 
५२ सदस्यीय वाईसिएल जिल्ला कमिटीको उपाध्यक्षमा मान वहादुर चदारा र तेजिलो बुढा, सचिव लक्ष्मण ओली, सह सचिव भुषण रावल र शिव विक तथा कोषाध्यक्षमा प्रेम प्रकाश पुन रहेका छन् ।
 
५२ सदस्यीय कमिटी रहेकामा अहिले ४६ सदस्य निर्वाचित भएको र ६ जना सदस्यलाई पछि मनोनित गरिने छ ।
 
आईतबारबाट सुरु भएको जिल्ला सम्मेलन अन्तरगत सोमबार बन्द सत्र चलेको थियो । बन्द सत्रमा जिल्ला भरका करिब साढे ५ सय प्रतिनिधि, पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।
 
नयाँ संविधानका उपलब्धीहरुको रक्षा गर्दै समाजवादी क्रान्तिको लागी सशक्त युवा आन्दोलन, सुधृढ संगठन निर्माण, उत्पादन र राष्ट्रिय स्वाधिनताको पक्षमा चौथों जिल्ला सम्मेलन भन्ने नाराका साथ सम्मेलन चलेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर