newskoseli.Com

कृषि सहर, पाँचखाल नगर

राजधानी काठमाडाैंबाट नजिकै रहेकाे जिल्ला काभ्रे कृषिकाे क्षेत्रमा विशेष गरी अालु लगायत हरियाे तरकारीका लागि अग्रणी छ । कृषिकाे क्षेत्रमा अग्रणी तर कृषिसम्बन्धी उच्च शिक्षा हासिल गर्न कृषि क्याम्पस छैन । यसै अार्थिक वर्षभित्र काभ्रेकाे पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने गरि जिल्ला विकास समितिले बजेट समेत विनियाेजन गरेकाे थियाे तर याे प्रयास असफल भएकाे छ ।

जिल्ला विकास समितिको कार्यालय काभ्रेकाे २३ औँ जिल्ला परिषदबाट पाँचखालमा कृषि क्याम्पस स्थापना गर्नका लागि चालु आर्थिक वर्ष २०७२/७३ का लागि ३० लाख रुपैँया बजेट विनियोजन गरेको थियो । तर, क्याम्पस स्थापना गर्नका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्दा क्याम्पस स्थापना गर्नका लागि छुट्याइएको बजेट समेत फिर्ता हुने भएको छ ।

जिविसले चालु आर्थिक वर्षका लागि कृषि, पशु, सहकारीतर्फको कार्यक्रममा कृषि क्याम्पस स्थापना गर्ने मुख्य योजना अघि सारेको थियो। चालु आर्थिक वर्षको साढे नौ महिना वितिसक्दा समेत क्याम्पस स्थापना गर्नका लागि छुट्याएको बजेट समेत सम्झौता हुन नसकेकाे हा। पाँचखालकाे कृषि शहर, पाँचखाल नगर’ भन्ने नारालाई सार्थक बनाउनका लागि पनि कृषि क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको थियाे । तर, हाललार्इ याे याेजना सफल नहुने भएकाे छ ।

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर