newskoseli.Com

८ महिनामा झण्डै ३ अर्बको प्याज आयात : ‘कृषिप्रधान’ नेपालको लज्जा !

साउन यताको ८ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात भएको छ । भान्छामा अत्यधिक उपभोग हुने प्याज यो अवधिमा ७१ हजार ३ सय ४० टन आयात गरिएको हो । यही अवधिमा १ अर्ब १२ करोड रुपैयाँको १० हजार ३ सय ११ टन लसुन समेत विदेशबाटै भित्रिएको छ । यो ८ महिनामा आलु नै पनि ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो ।

आयात–निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो । अझै प्याज, लसुन र आलुको बियाँ (बिउ) आयातको तथ्यांक यसमा समेटिएको छैन । यी कृषि उपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा समावेश छैन । सामान्य कृषि उपज समेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ ।

कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल यसलाई डरलाग्दो अवस्था मान्छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार स्वदेशमा आलु ३ हजार २ सय २५ टन, लसुन ७३ हजार ८ सय ५९ टन र प्याज १ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुन्छ । यस्ता उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाएर वैदेशिक व्यापार घाटा न्यून गर्ने नीति सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन । यसबाट नेपालीले आयातीत वस्तुको भरमा भान्छा चलाउँदै आएको पुष्टि हुने खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर