newskoseli.Com

मुस्ताङको आलुमा व्यापारीको हारालुछ

मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु । जिल्ला बाहिरका व्यापारी कोरोना कहरकै बीचमा पनि आलु खरिद गर्न मुस्ताङ आएका छन् । उनीहरू किसानको घरदैलोमै पुग्ने गरेका छन् ।

गतवर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । यस पटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए । आफूले यस वर्ष २० मुरी आलु फलाएको उनले सुनाए । व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ ।

आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन् । जानकारहरुका अनुसार १ मुरीमा ६० किलो हुन्छ, २० पाथीको एक मुरी हुन्छ । थासाङ– १, टुकुचेका राजन शेर्पाले त एउटै आलु १ किलोभन्दा बढी तौलको फलाए । आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए । कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानाथाप भइरहेको उनको भनाइ छ ।

मुलुक संघीयतामा जानुअघि कृषि उपजको तथ्यांक साविक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो । अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन । मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो भन्ने ठाउँ आलु उत्पादनमा प्रसिद्ध छ । तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ ।

ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले उनीहरु सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर